×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीसँग रिसाए देउवाका ‘दाहिने हात’ ! सरकार ढल्ने खतरा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रधानमन्त्रीसँग रिसाए देउवाका ‘दाहिने हात’ ! सरकार ढल्ने खतरा

Artha Sarokar

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  रक्षामन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेनालाई अपमानित गर्ने काम गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ‘दाहिने हात’ समेत मानिने मन्त्री खाँडले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक रुपमै प्रधानमन्त्री प्रचण्डमाथि आक्रोश र असन्तुष्टि पोखेका छन् ।
सोमबार विहान टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री र सभामुखले संविधान दिवसको सम्बोधनमा सेनाको भूमिकालाई नजरअन्दाज (बेवास्था) गरेका थिए ।
प्रधानमन्त्री र सभामुखबाटै सेना अपमानित भएपछि मन्त्री खाँड टुँडिखेल समारोहबाट रिसाएर हिडेका थिए ।
संविधानसभा गठन प्रक्रियासम्म आइपुग्न आफ्नो जिउ ज्यानको प्रवाह नगरी जनचाहनालाई पूरा गर्न राजनीतिक दललाई सहयोग गर्ने सेना लगायत सुरक्षा निकायको योगदानको कदर नगरिएको भन्दै खाँडले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीमाथि आक्रोश पोखे ।
‘सेना लगायत, न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र निर्वाचन आयोगले संविधान निर्माणमा ठूलो भूमिका निर्वाह गरे,’ मन्त्री खाँणले भने ‘तर, संविधान दिवसका अवसरमा प्रधानमन्त्री र सभामुखले सैनिक मञ्च टुडिखेलमा आयोजित कार्यक्रममा मञ्चमा प्रधान सेनापतिलाई बगलमा राख्नुभयो, आफ्नो मन्तव्यका क्रममा सेनाले पुर्याएको योगदानको भने नजरअन्दाज गर्नुभयो । यो सरासर अपमान हो ।’
मन्त्री खाँडले संविधान निर्माण गर्ने प्रक्रियामा संलग्न सबै निकायको भूमिकाको उच्च सम्मान गर्नुपर्नेमा जोड दिए ।
  • दैनिक नेपाल 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी