×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंहदरबारमा ‘मुसा’ सल्बलाउने ,वालुवाटारमा पूर्वमन्त्रीले प्रवेशै नपाउने !

LAXMI SUNRISE BANK

सिंहदरबारमा ‘मुसा’ सल्बलाउने ,वालुवाटारमा पूर्वमन्त्रीले प्रवेशै नपाउने !

१२ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ‘जता मल्खु, उतै ढल्कु’ भनेझैं सत्ताकै वरिपरि रमाउने बानी परेका एक सिटे÷दुई सिटे दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा पुगेका छन । प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा साना दलबाट कसैलाई पनि नसमेटेसँगै उनीहरुले सरकारलाई दिएको फिर्ता लिने तयारी थालेका हुन ।
सरकारलाई दिएको समर्थन फिर्ता लिनेहरुमा खम्बुवान पार्टीका आरके खम्बु,जनजागरण पार्टीका लोकेश ढकाल,अखण्ड पार्टीका कुमार थापा,जनता दलका हरिचरण साहहरु छन । उनीहरुले मंगलवार मात्र यस सन्र्दभमा छलफल चलाएका थिए । साना दलहरुबाट कसैलाई समेटेर मन्त्री नबनाइएसँगै उनीहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको स्रोतले जनाएको छ ।
यता,पूर्ववर्ति केपी ओली सरकारका खानेपानी मन्त्री प्रेम बहादुर सिंहका कारण वालुवाटारमा तनाव पैदा हुन थालेका छ । हरेक दिन बिहानै बालुवाटार धाँउने गरेका सिंहलाई वालुवाटारमा सुरक्षाकर्मीहरुले प्रवेश गर्न नदिदा उनी हैरानछन । मन्त्रीको परिचयपत्रका साथ हरेक दिन जसो पैदलै वालुवाटार पुग्ने सिंहको अघिल्लो हप्ता मात्र त्यहाँका एक प्रहरी अधिकृतसँग गलफत्ती चलेको थियो । मन्त्रीको परिचयपत्र देँखाउदै भित्र छिर्न खोजेका सिंहलाई रोक्दै प्रहरी अधिकृतले ‘हामीले हजुरलाई चिनेका छौं,हजुर वर्तमान होइन ,भूपुमन्त्री हो ।हजुरको नाम भित्रबाट टिपाइएको छैन । भित्रबाट नाम नआई छिर्न दिन्नौ’ भनेपछि उनी गेटैबाट  फर्किएका थिए ।

  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी