×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४८ करोड सुरक्षा भत्ता वितरण

LAXMI SUNRISE BANK

४८ करोड सुरक्षा भत्ता वितरण

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

५ असोज – भद्रपुर जिल्ला विकास समितिले आव २०७२ र ७३ मा ५३ हजार ३६९ जनालाई ४८ करोड ५४ लाख ५१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
ज्येष्ठ नागरिक २८ हजार ३०० लाई ३१ करोड ७४ लाख ३८ हजार, ज्येष्ठ नागरिक (दलित) एक हजार ७७२ लाई एक करोड पाँच लाख छ हजार, विधवा १४ हजार ४५ जनालाई आठ करोड ४० लाख, पूर्ण अपाङ्गता भएका ९६४ जनालाई एक करोड १४ लाख १२ हजार र आंशिक अपाङ्ग ८० जनालाई चार लाख १२ हजार रुपैयाँ वितरण गरेको छ ।
यसैगरी अति अशक्त ४२५ जनालाई २६ लाख ५६ हजार, लोपोन्मुख आदिवासी जनजाति दुई हजार २१४ जनालाई पाँच करोड ३८ लाख ८० हजार र पाँचवर्ष मुनिका दलित बालबालिका एक हजार ५१० जनालाई ५१ लाख ३७ हजार रुपैयाँ भत्ता वितरण गरिएको  छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी