
काठमाडौँ – नेकपा (एमाले) का सचिव एवं एमाले प्रदेश नम्बर १ का इञ्चार्ज भीम आचार्यले मोरङ, सुनसरी र झापालाई प्रदेश नम्बर दुईमा गाभ्ने कुरा पाँच प्रतिशत पनि सम्भव नभएको बताएका छन् । पहिलो न्युज डटकमसँग कुराकानी गर्दै आचार्यले यस्तो बताएका हुन् ।
तराई–मधेस केन्द्रित केही दलले मोरङ, सुनसरी र झापाको केही भूभाग प्रदेश नम्बर दुईमा गाभ्नुपर्ने माग गरिरहेका बेला उनले यस्तो बताएका हुन् । एमाले प्रदेश नम्बर एकका इञ्चार्ज समेत रहेका आचार्यले भने, ‘कुन जिल्ला कुन प्रदेशमा मिलाउने भन्ने त्यहीँ प्रदेशका जनतामा भर पर्छ । कसैलाई मन लाग्यो भनेर हल्ला गरेका भरमा हुँदैन ।’उनले प्रदेश नम्बर एकका ९५ प्रतिशत जनताले प्रदेश नम्बर एकमै बस्न चाहेको भन्दै केही मधेसी दलले हल्ला गरेका भरमा त्यो सम्भव नरहेको दाबी गरे ।
‘प्रदेश नम्बर एकका कुनै पनि जिल्ला वा क्षेत्र प्रदेश नम्बर दुईमा गाभिने कुनै पनि सम्भावना देखिँदैन,’ उनले भने । मधेसी दलहरुले समस्या समाधानका लागि पनि बखेडा झिक्न नयाँ–नयाँ माग उठाएको भन्दै उनीहरु संविधान कार्यान्वयनमा जसरी पनि अवरोध गर्ने रणनीतिमा रहेको आरोप लगाए । उनले सकेसम्म सहमति गर्ने नभए लोकतान्त्रिक विधिबाट निर्णय लिएर भए पनि माघभित्र संविधान कार्यान्वयन गर्ने दाबी गरे ।
केपी ओली नेतृत्वको सरकारले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रहितलाई केन्द्रमा राखेर अघि बढेकाले नाकाबन्दी आफैँ परास्त भएको स्मरण गराउँदै आचार्यले भने– ‘केही मधेसी दलहरु कसैको आडमा नेपालमा जातीय, क्षेत्रीय द्वन्द्व ल्याउन चाहन्थे, त्यसलाई ओली सरकारले परास्त गरिदियो । अहिले फेरि उनीहरुलाई उचाल्ने काम भएको छ ।’
संविधान बन्नै नदिने, संविधान घोषणा नै हुन नदिने शक्ति चलायमान रहेको भन्दै संविधान जारी भएपछि त्यो शक्ति संविधान कार्यान्वयन नै गर्न नदिने खेलमा लागेको आरोप उनले लगाए ।
‘त्यो शक्ति पहिला संविधान जारी गर्ने र कार्यान्वयन गर्ने गठबन्धनबाट नेपाली कांग्रेसलाई अलग गर्न सफल भयो । पछि फेरि माओवादीलाई पनि अलग गराएपछि अहिले त्यो शक्ति बलियो बनेको छ,’ उनले दक्षिणतिर संकेत गर्दै भने, ‘कांग्रेस–माओवादीबीचको गठबन्धनलाई गठबन्धन भन्न मिल्दैन, संविधान कार्यान्वयन हुन नदिने शक्तिको आडमा बनेको समूह हो यो ।’
- पहिलो न्युज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्