Skip to content
LAXMI SUNRISE BANK

काभ्रेको डाँडापारीमा जनताको दुख : ५० हजार राहत रकम लिन १० हजार खर्च !

अर्थ सरोकार

  • कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम 

काभ्रे – सरकारले भूकम्पपीडित लाइ दिएको सहयोग रकम लिने काभ्रेका कतिपय जनतालाई सास्ती परेको छ । विशेषगरी काभ्रेको विकट तथा काभ्रेको कर्णाली भनेर समेत चिनिने डांडापारीका भूकम्प पीडिततलाइ सरकारले आवास निर्वाणका लागि दिएको ५० हजार रुपैयाँ लिन १० हजार  रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता रहेको स्थानीयहरुले गुनासो पोखेका छन् ।
स्थानीय बासिन्दाहरुका अनुसार सरकारले दिएको राहत रकम लिन एक त १० हजार बढी रकम खर्च गर्नुपर्छ भने अर्कोतर्फ २ दिन हिडेर  पनौतीसम्म आउनुपर्ने बाध्यता रहेको छ । आउँदा – जाँदा लाग्ने खर्च १० हजार रुपैयाँसम्म पुग्ने गरेको उनीहरुको गुनासो छ ।
जिल्लाको अति विकट गाउँ रहेकाले अधिकाश ठाउमा सवारीका साधनहरु नजाने र बाटोमा बास बस्दै आउंदा बढी खर्चिलो हुने एक स्थानियले अर्थ सरोकार डटकमलाई जानकारी दिए । भूकम्पका कारण सडक सुविधा तथा बाटोमा समेत समस्या रहेका कारण पनि समस्या रहेको र सम्बन्धित निकायले यसलाई खासै चासो नदिएको अर्का एक स्थानीयको भनाइ थियो ।
यस बिषयमा काभ्रेकै राजनीतिक दल तथा नागरिक समाजले भने खासै वास्ता गरेको छैन । यसै पनि गरिवबस्ती रहेको डांडापारीमा सरकारले दिएको रकम लिन पनि थप खर्च गर्नुपर्दा उक्त रकम सम्बन्धित काम गर्न अझै अपुग हुने गरेको स्थानीयको गुनासो छ ।   
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK