
अर्थ सरोकार सम्बाददाता
असोज ४ । राष्ट्रपतिको कार्यालयले सोमबार राष्ट्रपति भवन, शीतल निवासमा नेपालको राष्ट्रिय दिवसका रुपमा रहेको संविधान दिवस २०७३ का अवसरमा विभिन्न राष्ट्रका राजदूत तथा कूटनीतिक नियोग प्रमुख दम्पतीका लागि सांस्कृतिक कार्यक्रमसहित रात्रिभोजको आयोजना गरेको छ ।
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार राष्ट्रपति भण्डारीले आमन्त्रित सबैलाई स्वागत गर्दै जनताका लागि जनताद्वारा बनाइएको यो पहिलो संविधानले समतामूलक र न्यायपूर्ण समाज सृजनाको लक्ष्य लिएको बताएकी छिन् ।
सम्बोधनकै क्रममा उनले लोकतान्त्रीकरणको प्रकृया अघि बढाउने, संवैधानिक प्रणालीको सुदृढीकरण गर्ने तथा देशको द्रूततर सामाजिक आर्थिक विकास गराउने मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव र शुभेच्छाका लागि धन्यवाद ज्ञापन गरिन् । उक्त अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्री तथा मन्त्री, पूर्वविशिष्ट पदाधिकारी, राज्यमन्त्री, संवैधानिक निकायका प्रमुखहरु, विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्