×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिराेका कारण विद्युत सेवा ठप्प

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पहिराेका कारण विद्युत सेवा ठप्प

Artha Sarokar

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


बाग्लुङ  – धौलागिरी अञ्चलका अधिकांश ठाउँमा पहिरोले करिब १ दर्जन बिजुलीका पोल भाँचिएपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।

बागलुङको पैयुपाटा–६ कालाखोलामा कालीगण्डकी करिडोरमा खसेको पहिरोले पोल भाँचिदा विद्युत सेवा ठप्प भएको हो । बिजुली नहुँदा उद्योग, कलकारखाना ठप्प छन् भने दैनिक कामकाज प्रभावित भएकाे छ।
केन्द्रीय लाइन मार्फत वितरण गरिने मुख्य लाईन रहेको आठ वटा पोल भाँचिएपछि बागलुङ, म्याग्दी र पर्वतका केही गाविसमा विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी