
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता दलका वरिष्ठ नेता विजय जोलीले नेपालले काठमाण्डु–तराई दु्रतमार्ग (फस्ट ट्रयाक) निर्माणको जिम्मा भारतलाई दिनुपर्ने जिकिर गरेका छन् ।
जोलीले भारतले नेपालको भूगोल बुझेको भन्दै भारतलाई दिए फास्ट ट्रयाक निर्माणको काम सजिलो गरी अगाडि बढ्ने बताए ।
‘भारतले नेपालको भूगोल र मनोविज्ञान राम्रोसँग बुझेको छ , जोलीले भने ‘फास्ट ट्रयाक भारतले नै बनाउँदा ठीक हुन्छ ।’
यद्यपि उनले फास्ट ट्रयाकबारे निर्णय लिन नेपाल स्वतन्त्र रहेको उल्लेख गरे । नेपालले यसका बारेमा स्वतन्त्ररुपमा लिने निर्णय आफूहरुलाई स्वीकार्य रहेको उनको भनाइ थियो । पत्रकार नारायण पौडेलसँगको अन्तर्वार्तामा उनले हाकाहाकी पाmस्ट ट्रयाक भारतले बनाउनुपर्ने जिकिर गरेका हुन् । पौडेलले ‘दिल्लीको फाष्ट ट्रयाक जापानले बनाउँछ, नेपालको फाष्ट ट्रयाक बनाउँन भारतलाई किन दिने ? भन्ने प्रश्न सोधेपछि जोली अलमलिएका थिए ।
जोलीले नेपाल हिन्दू राज्य भएको हेर्न चाहेको बताए । नेपालमा ९० प्रतिशत जनता हिन्दू भएकाले हिन्दू राज्य स्वभाविक रहेको दाबी गरे । गरिबी र परिस्थितिको फाइदा उठाएर नेपालमा धर्म परिवर्तन गराइएको भन्दै उनले यसबारे बोल्ने आफूहरुको हक रहेको बताए ।
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्