Skip to content
LAXMI SUNRISE BANK

मोदीको पार्टीले माग्यो फास्ट ट्रयाक, नेपालमा आफ्नो हक लाग्ने दाबी

अर्थ सरोकार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता दलका वरिष्ठ नेता विजय जोलीले नेपालले काठमाण्डु–तराई दु्रतमार्ग (फस्ट ट्रयाक) निर्माणको जिम्मा भारतलाई दिनुपर्ने जिकिर गरेका छन् ।
जोलीले भारतले नेपालको भूगोल बुझेको भन्दै भारतलाई दिए फास्ट ट्रयाक निर्माणको काम सजिलो गरी अगाडि बढ्ने बताए ।
‘भारतले नेपालको भूगोल र मनोविज्ञान राम्रोसँग बुझेको छ , जोलीले भने ‘फास्ट ट्रयाक भारतले नै बनाउँदा ठीक हुन्छ ।’
यद्यपि उनले फास्ट ट्रयाकबारे निर्णय लिन नेपाल स्वतन्त्र रहेको उल्लेख गरे । नेपालले यसका बारेमा स्वतन्त्ररुपमा लिने निर्णय आफूहरुलाई स्वीकार्य रहेको उनको भनाइ थियो । पत्रकार नारायण पौडेलसँगको अन्तर्वार्तामा उनले हाकाहाकी पाmस्ट ट्रयाक भारतले बनाउनुपर्ने जिकिर गरेका हुन् । पौडेलले ‘दिल्लीको फाष्ट ट्रयाक जापानले बनाउँछ, नेपालको फाष्ट ट्रयाक बनाउँन भारतलाई किन दिने ? भन्ने प्रश्न सोधेपछि जोली अलमलिएका थिए ।
जोलीले नेपाल हिन्दू राज्य भएको हेर्न चाहेको बताए । नेपालमा ९० प्रतिशत जनता हिन्दू भएकाले हिन्दू राज्य स्वभाविक रहेको दाबी गरे । गरिबी र परिस्थितिको फाइदा उठाएर नेपालमा धर्म परिवर्तन गराइएको भन्दै उनले यसबारे बोल्ने आफूहरुको हक रहेको बताए ।
  • काठमाडौँ टुडे 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK