×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरी हेडक्वार्टरमा गृहमन्त्रीको, प्रदेश र केन्द्रको चुनावको तयारीमा लाग्न निर्देशन

LAXMI SUNRISE BANK

प्रहरी हेडक्वार्टरमा गृहमन्त्रीको, प्रदेश र केन्द्रको चुनावको तयारीमा लाग्न निर्देशन

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्। बिहान ९ बजे गृहसचिव लोकदर्शन रेग्मीसहित पुगेका मन्त्री निधिले प्रहरी प्रधान कार्यालयको बिभिन्न शाखाहरुको अवलोकन गरी ३ बजे फर्किएका थिए। 
उनले प्रधान कार्यालयको कमाण्ड सेन्टर, नेपाल प्रहरीको १ नम्बर गण, फरेन्सिक शाखा, पोलिग्राफ शाखा लगायत धेरैजसो शाखा र कक्षहरुको अवलोकन गरेका थिए। निरीक्षण भ्रमणपछि गृहमन्त्री विमलेन्द्र निधिले २०७४ माघभित्र स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने भन्दै त्यसमा प्रहरीको महत्वपूर्ण भूमिका हुने बताए। उनले चुनावको तयारीका लागि उच्च मनोबल सहित काम गर्न निर्देशन समेत दिएका छन्। गृहमन्त्री निधिले प्रहरीलाई समय अनुसार साधन श्रोत सम्पन्न बनाउँदै लैजानु गृह मन्त्रालयको जिम्मेवारी हो भन्दै त्यसलाई पूरा गर्दै जाने प्रतिवद्धता जनाएका छन्। 
प्रहरीको क्षमता अभिवृद्धि हुनु भनेको सरकारकै क्षमता अभिवृद्धि हुनु भएकाले त्यसतर्फ आफू सचेत रहेको उनले बताए। संघीय संरचना अनुसार प्रहरीको संरचना कस्तो बनाउने भन्ने बारेमा प्रतिवेदन प्राप्त भएको जानकारी दिँदै गृहमन्त्री निधिले अध्ययन गरेर प्रहरी नेतृत्वसँगको छलफलपछि अन्तिम रुप दिने बताए। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध अनुसन्धानमा प्रहरीलाई धेरै चुनौती रहेको भन्दै चुनौतीका बाबजुद प्रहरीले सक्दो प्रयास गरिरहेको बताएका थिए। 
उनले प्रहरीले अपराध अनुसन्धानमा क्षमता अनुसार काम गर्न नसकेको पनि स्वीकार गरेका छन्। गृहमन्त्री सहितको टोलीलाई प्रहरी नायब महानिरीक्षक देवेन्द्र सुवेदीले नेपाल प्रहरीको काम कारबाही र अप्ठेराहरुबारे जानकारी गराएका थिए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी