Skip to content
LAXMI SUNRISE BANK

भारतकाे हुँ भन्दै विमलेन्द्र प्रचण्ड र देउवामाथि भए हावी

अर्थ सरोकार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृवको संयुक्त सरकारमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेर उपप्रधानमन्त्री बनेका विमलेन्द्र अहिले देउवामाथि मात्र नभएर पार्टीमाथि नै पुरै हावी भएका छन् ।
जानकाहरु भन्छन्–विमलेन्द्रले जे भन्यो प्रधानमन्त्री प्रचण्ड त्यही मान्छन् । विमलेन्द्रले बोलेको विचार कांग्रेसको हुने, उनले भनेको विचार भारतको समेत हुने अनौठो अवस्था छ ।
भारतले यसो भनेको र उसो भनेको छ भन्दै भारत रिसायो भने बित्याँस पर्छ भनेर निधिले सभापति देउवा र देउवा खेमाका सबै नेताहरुलाई थर्काइरहेको बुझिन्छ ।
भारत भन्नासाथ लालाकलुलुक गल्ने कांग्रेसका एकथरी नेताहरुका लागि अहिले पार्टी सभापति देउवालाई समेत कमाण्ड गर्ने दुस्साह गरेर विमलेन्द्र सर्वशक्तिमान ठहरिएका छन् ।
भारतको नाम लिएर पार्टीभित्र आतंक
असोज ९ गते आइतबारको भेलामा मिनेन्द्र रिजालले ‘भारतको नाम लिएर विमलेन्द्रले सबैलाई धम्क्याउन र ब्ल्याकमेलिङ गर्न थाले’ भनेर टिप्पणी गरेको बुझिन्छ ।
मिनेन्द्रले ‘विमलेन्द्रले सभापति देउवालाई अब सिध्याउँछन् । त्यसपछि कांग्रेस सिध्याउँछन्’ भनेको एनसी स्रोतको दावी छ ।
जानकारहरुका अनुसार भारतको नाम लिएर विमलेन्द्रले सभापति देउवालाई थर्काउनसम्म थर्काएर आतंकित पारेको बताइन्छ ।

  • अाजकाे साँघुबाट
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK