×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीलाई प्रहरी प्रधान कार्यालयको प्रश्नः टाउकोमा ढंगाले थिचेर मार्ने कस्तो राजनीतिक घटना हो ?

LAXMI SUNRISE BANK

गृहमन्त्रीलाई प्रहरी प्रधान कार्यालयको प्रश्नः टाउकोमा ढंगाले थिचेर मार्ने कस्तो राजनीतिक घटना हो ?

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल प्रहरीले टीकापुर हत्याकाण्डका मुख्य दोषिहरु किटान गरी गृहमन्त्रालयमा पत्र पठाएको छ । गृहमन्त्री विमलेन्द्र निधिले टीकापुर नरसंहारको मुद्दा फिर्ता लिने तयारी थालेपछि प्रहरी प्रधान कार्यालयले हिंसा भड्काएर नरसंहार गर्ने मुख्य दोषिहरुको सुचि गृहमन्त्रालयमा पठाएको हो ।
टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६, सशस्त्र प्रहरीका २ र एक नावालकको निधन भएको थियो । घटना भएलगतै नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यको सयोजकत्वमा छानविन समिति बनाएको थियो । प्रहरीको छानविन समितिले धनीराम चौधरी, रेशम चौधरी, लक्ष्मण चौधरी, रामचन्द्र चौधरी लगाएत मुख्य दोषि रहेको ठहर गरेको थियो । प्रहरी प्रतिवेदनमा दोषि ठहर गरिएकाहरुको सुचि गृहमन्त्रायलमा पठाइएको छ ।
नेपाल प्रहरीको ३१ पृष्ठ लामो छानविन प्रतिवेदन १० महिनाअघि सुरक्षा परिषदमा बुझाई सकेको थियो । तर प्रहरी प्रधान कार्यालयले त्यही विभत्सपूर्ण घटनाको सम्झना गराउँदै मुख्य अभियुक्तहरुको सुचि प्रहरी प्रधान कार्यालयमा पेश गरेको हो । प्रतिवेदनमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण चौधरीले सम्झाउँदा पनि उनीहरुले नमानेको, भागेर घरभित्र लुकेका न्यौपानेलाई घरेलु हतियार प्रयोग गरेको र बाहिर निकालेर टाउको ढुंगाले थिचेर मारेको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीको प्रतिवेदनमा टीकापुर घटनामा ५८ जना मुख्य दोषि रहेको र त्यसमध्ये रेशम चौधरी लगाएत ३६ जना फरार रहेको उल्लेख गरिएको छ । प्रहरीले आठ जनाको विभत्स हत्या मात्र नभई उनीहरुलाई एउटा एसएलआर, मल्टी ग्याँस गण, पेस्तोल, १४ राउण्ड गोली, सञ्चार सेट लुटेको आरोप सहित कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
गृहमन्त्री निधिले पछिल्लो समय टीकापुर घटनाका मुख्य दोषिको मुद्दा फिर्ता नलिने र अन्यको फिर्ता लिने बताएपछि प्रहरीले ५८ जना मुख्य अभियुक्तको नाम गृहमन्त्रालयमा पठाएको हो । प्रहरीले कडा अडान लिएपछि गृहमन्त्री निधि समस्यामा परेका छन् । उनले टीकापुर घटनको मुद्दा फिर्ता लिन नसकिने जानकारी मधेसी मोर्चालाई गराएका छन् ।
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी