×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रघात विरुद्ध गर्जिए विप्लव

LAXMI SUNRISE BANK

राष्ट्रघात विरुद्ध गर्जिए विप्लव

२ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय चाहानाका सवै विषय समेट्ने गरि तयार पारिएको २५ वुदे सम्झौतामा ल्याप्चे ठोकेपछि नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणलाई नजिकबाट नियालीरहेका विप्लवले शुक्रबारको २५ वुदे दिल्ली सम्झौता लगत्तै शनिवार एक वक्तव्य जारी गर्दै दिल्लीमा भएका गंभिर राष्ट्रघाती कदम विरुद्ध पार्टी कडा विरोध र प्रतिवादमा उत्रने चेतावनी दिएका हुन् ।
विप्लवले महाकाली, पञ्चेश्वर, अरुण ३ लगायत जलविधुतसंग सम्वन्धित विषय,हुलाकि राजमार्ग भारतीय पोल्टामा छोडेको सन्दर्भ, भारतीय चाहाना वमोजिम संविधान संशोधनको सवाल र भुकम्प पिडितलाई दिल्लीबाटै राहतको घोषणालाई एक सम्प्रभुता सम्पन्न राष्ट्रकै खिल्ली उड्ने गरि भएको आत्मसमपर्णका रुपमा लिएका छन् ।

महासचिव विप्लवद्धारा जारी विज्ञप्तीको पूरा पाठ
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेको वेला १६ सेप्टेम्वर २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको २५ वुदे सहमतिप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपले तानिएको छ । उनीहरुबीच भएका सहमतिले विगतमा भएका राष्ट्रघाती संझौतालाई निरन्तरता दिएको मात्र नभई थप राष्ट्रघात गर्न पुगेको छ । यसप्रति नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टीका दृष्टिले हाम्रो पार्टीको गम्भीर असहमति र विरोध रहेको छ । पार्टी सहमतिको घोर निन्दा गर्दै नेपाली जनतालाई विरोध र प्रतिवाद गर्न आग्रह गर्दछ ।
प्रचण्ड र मोदीले बुदा नं १९मा गरेको नेपाली जलश्रोतसँग सम्वन्धित महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तीन सम्झौताको कार्यन्वयन गर्ने सहमति विगतदेखि नेपाली जनताले विरोध गर्दै आएका राष्ट्रघाती संझौता हुन् । ती संझौता खारेजीको पक्षमा हाल पनि संघर्षहरु चलिनै रहेका छन् । ती संझौता खारेज गर्नु साटो म्याद समेत नाघि सकेका परियोजनाहरुलाई स्वीकृत गर्दै कार्यन्वयन गर्ने सहमति गर्नुले नेपालको स्वाधिनता माथि पुनः घात हुन पुगेको छ ।
स्मरणरहोस कि उपल्लो कर्णाली र अरुण तीन सम्झौतापछि कम्पनीकै अयोग्यताका कारण लगानी समेत जुटाउन नसकी सम्झौत खारेज हुने स्थितिमा पुगेको छ । त्यसलाई थप सहमति गरेर रोक्नु भनेको राष्ट्रघातमाथि जनघात पनि थपिन पुगेको छ । किनकी काम नै गर्न नसक्ने कम्पनीलाई राखिराख्नु भनेको ती योजनाहरुलाई नेपाली जनताले समेत कार्यन्वयन गर्न नपाउने अवस्थामा पु¥याउनु हुन्छ ।
बँदा नं १५ मा हुलाकी वाटोलाई भारतको स्वार्थ अनुरुप छोडिदिनु पनि योजनाप्रतिको चरम लापर्वाही र भारतको चाकरी भन्दा अरु केही हँदैन । बुँदा नं १० मा कथित संविधानको योजनाकारको रुपमा भारतलाई मान्दै उसैले भने अनुरुप बनाउने बाचा कवुल गर्नु राष्ट्रघात मात्र होइन नागरिकहरुका लागि समेत घोर लज्जाको विषय बनेको छ । बुँदा नं ११ मा नेपाली जनताको परामर्शनै नलिइ भारतीय विस्तारवादलाई सयुक्त राष्ट्रसंघको स्थायी सदस्यको दाबीलाई समर्थन गर्नु नेपाली जनता र नेपालका लागि दीर्घकालीक सुरक्षा चुनौती बन्न पुगेको छ ।
यस प्रस्तावलाई समर्थन गर्नुको अर्थ या विषयलाई वुझन नसक्नु या विस्तारवाद सामुको नांगो दलाली र आत्मसमर्पण मात्र हुन्छ । यो विश्व शान्तिका लागि समेत हानिकारक विषय हो ।
बुँदा नं ९ मा भूकम्प पीडित नेपाली जनताका लागि दिल्लीबाटै प्रतिघर एक लाखको सहयोग तोक्नु सरकारको त कुरै छोडौं देशकै लागि बेइज्जती हो । अन्तर्राष्ट्रिय कुटनीतिको समेत हेक्का नराखेर दिल्लीबाट रकम बाँडफाट गरिदिनु नेपालका लागि बिडम्वना हो । यी बँदा बाहेक २५ बँदे सहमतिमा भारत सामु नेपालका प्रधानमन्त्री प्रचण्डको आत्मसमर्पण र चाकरी नाङ्गो रुपले पोखिएको छ । उनको अनुहार नकावविहीन बन्न पुगेको छ भने भारतको विस्तारवादी रवैया पनि भद्दा प्रकारले उदांगिएको छ ।
हाम्रो पार्टी यस २५ बँुदे सहमतिको कडा रुपमा विरोध गर्दछ र राष्ट्रघाती सहमतिहरु लागु हुन नदिने पनि स्पष्ट गर्दछ साथै यसका विरुद्ध संघर्षमा उत्रिन सवै देशभक्त नेपाली जनतालाई समेत विशेष आग्रह गर्दछ ।
विप्लव
महासचिव
नेकपा ९माओवादी

  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी