×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लवका युवा र विद्यार्थि संगठनले भने वम विष्फोटमा कुनै संलग्नता छैन

LAXMI SUNRISE BANK

विप्लवका युवा र विद्यार्थि संगठनले भने वम विष्फोटमा कुनै संलग्नता छैन

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राजधानीका विभिन्न स्थानमा विद्यालय सञ्चालक, शिक्षक, अभिभावक ,विद्यार्थि र सर्वसाधारणलाई तर्साउन गरिएका वम विष्फोटलाई विप्लव नेतृत्वका युवा र विद्यार्थि संगठनले अवाञ्छित कार्य भएको टिप्पणी गरेका छन् । राजधानीमा भएको वम विष्फोटवारे एसियन समाचारसंग कुरा गर्दै राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष झकवहादुर मल्लले त्यस घटनामा आफ्नो संगठनको कुनै संलग्नता नरहेको वताए ।
उनले भने विनाकारण नागरिकलाई तर्साउने र छद्म नाममा पर्चा छर्ने काम हाम्रो संगठनबाट विगत देखि वर्तमानसम्म कहिल्यै भएको छैन र आगामी दिनमा पनि हुने छैन । अध्यक्ष मल्लले भने “ हामीले गर्ने हरेक संघर्षलाई पार्टी, जनता र संगठनले अनुमोदन गर्नुपर्छ । त्यसपछि हामीले घोषित रुपमा जन अनुमोदित कार्यक्रम अघि वढाउछौं । हामीले जे गछौं कुनै छद्म भेषको साहारा लिनु पर्दैन । ”
त्यसैगरि विप्लव माओवादीको विद्यार्थि संगठन अखिल क्रान्तीकारीका अध्यक्ष पूर्णबहादुर सिंहले उपत्यकाका विभिन्न स्थान र स्कुलमा भएका वम विष्फोटका घटनामा आफ्नो संगठनलाई जोड्न खोज्दा गंभिर ध्यानाकर्षण भएको वताए ।
अध्यक्ष सिंहले एक वक्तव्य जारी गर्दै भनेका छन् । विद्यार्थि, शिक्षक र अभिभावकलाई आतंकित तुल्याउने गरि विष्फोटक राखेर हाम्रो संगठनलाई आसंका गरिएको कुराप्रति गंभिर ध्यानाकर्षण भएको छ । यस्ता अवाञ्छित कार्य र गतिविधि गर्ने हाम्रो संगठनको कुनै नीति, योजना र कार्यक्रम नभएको पनि आम जनसमुदाय र विद्यार्थीलाई यसै वक्तव्यमार्फत जानकारी गराउछौं सिंहद्धारा जारी वक्तव्यमा उल्लेख छ ।
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी