×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९ सय करोड डलर कालोधन स्विट्जरल्याण्डका वैंकमा रहेको रिपोर्टिङ विप्लवलाई

LAXMI SUNRISE BANK

९ सय करोड डलर कालोधन स्विट्जरल्याण्डका वैंकमा रहेको रिपोर्टिङ विप्लवलाई

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कालोधन सम्वन्धी एउटा अपत्यारिलो रिपोर्ट नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव कहाँ पुर्याइएको छ । ९ सय करोड अमेरिकी डलर नेपालबाट स्विट्जरल्याण्डका वैंकमा पुर्याईएको रिपोर्ट माओवादी हेडक्वार्टरसम्म पुर्याईएको स्रोतको दावी छ ।
दशकौं पहिले देखि अहिलेसम्मका सत्तासिन र केहि कर्मचारीतन्त्रका पहुँचवालाहरुको सम्पत्ति स्वीट्जरल्याण्डका वैंकमा रहेको रिपोर्ट माओवादी कहाँ पुर्याईएको हो । मोहन वैद्यबाट छुटिएर दाङको पहिलो भेला गर्नु अघि नै कालोधनको उक्त रिपोर्टमाथि त्यतिवेला विप्लवले विश्वास नगरेको र अहिले फेरि स्विट्जरल्याण्डमा नेपाली नेताहरुको ठूलो रकम रहेको रिपोर्ट पुगेपछि माओवादीले त्यसमा चासो देखाएको छ ।
पार्टीकहाँ त्यस्तो रिपोर्ट पुर्याउने व्यक्ति र समुहलाई न्युनतम आधार वा पैसा जम्मा पारिएका स्रोतको अध्ययन गरि विवरण पेश गर्न माओवादीले भनेको छ । कालोधनवारे सत्यको नजिक पुगि अध्ययन गर्न माओवादीले आफ्ना विंग्सहरु पनि परिचालन गर्ने स्रोतको दावी छ । दलाल र कालोधन देशका सत्रु भएकाले त्यसलाई गंभिरतापूर्वक लिनुपर्ने माओवादीको वुझाई रहेको वताईएको छ ।
नेपालभित्रै पनि अधिकांश नेताहरुले आफ्नो उदयसंगै एकजना व्यापारी वा उद्योगीलाई करोडपति, अर्वपति देखाएको चर्चा माओवादी भित्र छ । कैयौं उद्योगी व्यापारीसंग नेताहरुको प्रतक्ष, अप्रतक्ष व्यवशायिक साझेदारी रहेको रिपोर्ट पनि माओवादी कहाँ पुगेको छ । सर्वोच्च अदालत र अख्तियारका एक अर्कामाथि प्रहार गर्ने वयानवाजीको लामो श्रृङ्खलापछि अख्तियारले लडाकु प्रसंगको अनियमिततासम्वन्धी फाईल खोलेसंगै स्विटजल्याण्डको कालोधनवारे विप्लव कहाँ फेरि रिपोर्टिङ गर्ने समुहहरु सक्रिय भएका हुन् ।
संविधानको विकल्पमा अर्को संविधान , सरकारको विकल्पमा अर्को सरकार र जनसत्ताको अभ्यासमा रहेको माओवादी कहाँ पति पत्निका घर झगडा देखि, अदालतमा पुनरावेदन भइरहेका एवंं अदालतले फैसला गरिसकेका, विचाराधिन मुद्दाहरु पनि पुगेका छन् । त्यस्तै सार्वजनिक जग्गा, गुठीको जग्गा, लेनदेन आदि विषय लिएर पनि आफुलाई पिडित दावी गर्नेहरु माओवादी कहाँ पुग्ने गरेको विश्वसनिय सुत्रले जनाएको छ ।
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी