×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयले असोज १५देखि कोलम्बो उडान गर्ने,एकतर्फी भाडा २९ हजार रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयले असोज १५देखि कोलम्बो उडान गर्ने,एकतर्फी भाडा २९ हजार रुपैयाँ

Artha Sarokar

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं। हिमालय एयरलाइन्सले असोज १५ गतेदेखि मंगलबार, विहिवार र शनिबार गरी साताको तीन दिन कोलम्बो उडान गर्ने भएको छ। 
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार एयरलाइन्सको यो दोस्रो गन्तब्य हुनेछ। एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान दोहा गरेको थियो । यो नेपाल र चीनको संयुक्त लगानीमा स्थापना भएको एयरलाइन्स हो। कम्पनीले कोलम्बोको लागि एकतर्फी भाडादर २९ हजार १ सय ९१ र दुर्इ तर्फी भाडा ५० हजार ४१ रुपैयाँ तोकेको छ।
यो भाडादरमा सरकारी कर लागु नभएको कम्पनीले जनाएको छ । कम्पनी भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले दुर्इ पल्टको गैर निर्धारित कोलम्बो उडानबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले नयाँ रुट संचालनमा ल्याउन लागेको अर्थ सरोकार सम्बाददातालाई जानकारी दिएका छन् । कम्पनीले यो कोलम्बोका लागि क्लासिक ट्राभललार्इ जेनरल सेल्स एजेन्ट नियुक्त गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी