×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीमान विदेश गएको एक महिनामै लाखौं हिनमिना पारेर श्रीमति गाएप

LAXMI SUNRISE BANK

श्रीमान विदेश गएको एक महिनामै लाखौं हिनमिना पारेर श्रीमति गाएप

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

गुल्मी – हर्दिनेटा गाविस वडा नम्वर ८ वाँसखर्कका ३२ वर्षिय रामबहादुर नेपाली श्रीमती विभिन्न संघ संस्था तथा श्रीमानले पठाएको पैसा लिएर वेपत्ता भए पछि दुई महिनामा नै घर फर्किन बाध्य भएका छन् । छिटै घर फर्किनु भन्दै आशु बहाउदै बिदाई गर्ने श्रीमति दु्र्गा नेपाली एकाएक बेपत्ताको खबर पाए पछि घरमा स–साना बालबालीकाहरुको विचल्ली हुने डरले महिना  दिनमै घर फर्केका हुन् । गुल्मीकै नयाँ गाउँमा माईती घर भएकी उनकी श्रीमति दुर्गा नेपाली भदौं २९ गते देखि घरबाट बेपत्ता भएको पिडित नेपालीले बताए ।
त्यस दिन विहान करिब ९ बजेको समयमा छोरा छोरीलाई स्कुल जाउ भनेर घरबाट हिडेको बताईएको छ । यस अघि पनि दुवईको सारजामा दुई तिन पटक आवत जावत गर्ने नेपाली दुई महिना अघि मात्र घर आएर गएको बताउँछन् ।घरमा ८ वर्षका एक छोरा र १० वर्षकी एक छोरी छाडेर ३ वर्षको काखका एक छोरा लिएर घरबाट हिडे पछि उनको फोन स्वीचअफ हुन छाडेकोले माईतीमा सम्पर्क गरिएको र तिजमा उनि माईतीमै रहेको जानकारी परिवारले दिएको उनले बताए ।
 धेरै संघ संस्थाबाट र श्रीमानले ऋण तिर्न पठाएको रकम सहित ६ लाख रुपैयाँ हिनामिना गरेको आरोप श्रीमानले लगाएका छन् । उनले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी समेत दिएको बताए ।
यस सम्वन्धमा ति महिलाको माईती घर नयाँगाउँ ६ मा सम्पर्क राख्दा उनकी आमा रुपा नेपालीले छोरी तिजमा आउदा आफुहरुले नचिनेको मान्छे संगै लिएर आएको बताईन् । “हामीले चिनेका थिएनौं एउटा केटा संगै आयो दरखाने दिन र पञ्चमीका दिन सम्म वसेर संगै गएका हुन्” उनले भनिन् “छोरीले फुपू पर्नेका छोरा हुन् भने पछि विश्वास गरेर राखेका हौं ।” निज युवाले आफ्नो मावली गुल्मीकै विरवास बताएको र घर वुटवल बताएको उनले बताईन् ।
उक्त युवाले गाडी चलाउने काम गर्छु भनेको उनको भनाई छ । तिज जस्तो चाड पर्वमा छोरी संगै आएको मान्छेलाई स–सम्मान राखेर छोरी संगै पठाएको दोश्रो दिन म घर आएर छोरी विरामी परेर उपचार गर्दै छु भनेको तर दोश्रो दिन देखि मोवाईल स्वीच गरेर छोरीले पिर चिन्तामा पारेको उनकी आमाले बताईन् ।
उनले यस अघि छोरी कहिल्यै गलत बाटोमा नहिड्ने गरेको , ज्वाईले विदेशमा कमाए पनि छोरीले यहाँ बचाएर सम्पत्ती जोरेको बताउँदै छोरी त्यसरी कसैसंग जान नसक्ने वरु कसैले मारेकी भन्ने पिरले आफुहरु निद न भोक भएको पिर चिन्ता सुनाईन् । उनले छोरीको सास कि लास भेटाई दिन सवैको सहयोगको अपिल समेत गरिन् ।
उता उनका श्रीमानले श्रीमती आफुलाई छाडेर कतै जान नसक्ने भन्दै जहाँ भए पनि र कतै कुनै गलत मान्छेले फसाएको भए पनि घरमा आएर छोरा छोरी सम्हाली दिन आग्रह गरेका छन् । विवाह भए देखि श्रीमतिले आफुले कमएको जोगाएको र माया पनि निकै दिने गरेकोले आफुले विर्सन नसक्ने भन्दै उनले श्रीमति प्रति वेहत प्यार कायमै रहेको बताए । छोरा छोरीहरुले पनि सम्पर्कमा आउन आग्रह गरेका छन् । त्यो परिवारले वेपत्ता उनको तस्वीर समेत दिएर कोही कसैले कतै देखे भेटे प्रहरीमा खवर गरी दिन आग्रह गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी