
काठमाडौं,४ असोज । नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी)ले शैक्षिक हड्ताल घोषणा गर्दै दिएको १० दिने अल्टिमेटम सकिने अघिल्लो दिन राजधानीका बिभिन्न विद्यालयमा बम विष्फोट हुनु संयोगमात्र भएको बताएको छ ।
अखिल (क्रान्तिकारी) का केन्द्रिय महासचिव दिपेन्द्र चलाउनले बिद्यालय जस्तो संबेदनशील क्षेत्रमा बम विस्पोट गराउने निन्दनीय कार्य आफूहरुको जिम्मेवार सङ्गठनले सोच्न पनि नसक्ने बताए ।
चलाउनेले भने -‘बिद्यार्थीहरुको जीवनमाथि खेलवाड गर्ने शैक्षिक माफियाबिरुद्ध हामीहरुले आन्दोलन गरिरहेको सबैलाई थाहा छ तर, बिद्यालयमा बमबारुद पड्काएर बिद्यार्थीअरुलाई नै क्षति पुर्याउनेजस्तो घृणित र निन्दनीय कार्य गर्न त पर जाओस त्यो त सोच्न पनि सकिदैन ।’
आफुहरुले शैक्षिक हड्ताल घोषणा गर्दै शिक्षा मन्त्रालयलाई दिएको १० दिने अल्टिमेटमको समय भोली सकिने भएपनि त्यसको अघिल्लो दिन राजधानीका विद्यालयमा बम विष्फोट हुनु निक्कै गम्भीर बिषय भएको भन्दै महसचिव चलाउनेले यस्तो कार्य कसले र किन गर्यो भन्नेबारे राज्यले खोजेर तत्काल कारवाही गर्नुपर्ने बताए ।
‘यो कुनै अपराधिक काममा संग्लन गिरोहहरु अथवा, राजनीतिक रुपमा अगाडी आउन खोजिरहेका तत्वहरुको हर्कत हुनसक्छ, हामीले त भोलि बम र बन्दूक बोकेर हिँड्नुपर्ने अवस्था आए पनि विद्यालयमा चाहिँ बम नपड्काउने नीति अख्तियार गर्छौं ।’ उनले भने ।
नेपाली नीति नियम अनुसार चलेका विद्यालयमा कहिल्यै पनि बम राख्न नासिने तर राष्ट्रियतालाई नै चुनौति दिएर आएका भारतीय स्कूलको हकमा भने सरकारले नियन्त्रण नगरे आफूहरुले कारवाही गर्ने चेतावनी दिए ।
शैक्षिकक्षेत्रमा जारी विकृति, विसंगति र शैक्षिक माफियाहरुको बिरुद्धमा आफ्नो सङ्गठन हिजोदेखि लड्दै आएको र आज पनि आन्दोलन जारी रहेको तथा भोली पनि लडीरहने उनको तर्क छ ।
विद्यालयमा बम राख्नेहरुको पहिचान गर्ने सवालमा राज्यलाई सघाउन आफूहरु तयार रहेको उनको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्