×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंका विभिन्न स्कुलमा बम आतंक, दुई वटा विष्फोट भए, चार स्थानमा डिस्पोजल टोली पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

काठमाडौंका विभिन्न स्कुलमा बम आतंक, दुई वटा विष्फोट भए, चार स्थानमा डिस्पोजल टोली पुग्यो

Artha Sarokar

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौको जोरपाटी र ललितपुरका केही क्षेत्रमा बम आतंक मच्चिएको खबर छ । अर्थ सरोकार डटकमलाइ प्राप्त जानकारी अनुसार नारायणटार पुल पारि दुईवटा बम मंगलबारबिहान पौने चारबजे विष्फोट भएका छन् । जोरपाटी क्षेत्रकै विभिन्न विद्यालयहरुमा थप चार वटा बम फेला परेको बताइएको छ ।
अर्थ सरोकार डटकमलाइ प्राप्त जानकारी अनुसार ती स्थानमा नेपाली सेनाको डिस्पोजल टोली पुगिसकेको छ भने नेपाल योङ कम्यूनिस्ट लिग फोर्स नामक संगठनको पर्चा समेत सो क्षेत्रका तीन स्थानमा फेला परेका छ ।
प्रहरीले घटनामा संलग्न रहेको शंकामा दुई जनालाई पक्राउ गरेका छ । तर पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन ।
लिगले आह्वान गरेको अनिश्चितकालीन बन्दलाई वेवास्ता गरेको भन्दै यसो गरिएको छरिएको पर्चामा उल्लेख छ ।  त्यसै गरी ललितपुरको रेडियन्ट स्कुलमा पनि प्रेसर कुकर बम फेला परेको छ । केही समय अघि सोही स्कुलको बस पनि जलाइएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी