Skip to content
LAXMI SUNRISE BANK

ब्राजिलका पूर्वअर्थमन्त्री पक्राउ

अर्थ सरोकार

ब्राजिलका पूर्व अर्थ मन्त्री गुइडो मन्टेगा भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार पूर्वराष्ट्रपति दिल्मा रुसैफका विश्वासपात्र समेत रहेका मन्टेगा साउपाउलो सहरको अलबर्ट आइन्टेन हस्पिटलबाट पक्राउ गरिएको हो । उनी आफ्नी श्रीमतीको सर्जरीको लागि उक्त हस्पिटलमा थिए । तर उनलाई केही समय पछि प्रहरीले छोडेको थियो ।
प्रहरी अनुसन्धानकर्ताहरुका अनुसार उनले ब्राजिलका एक ब्यापारीकासँग २।५ मिलियन डलर उनको पार्टीका लागि भनेर  लिएका थिए ।उनले पुर्व राष्ट्रपति लूइस इनासियो लुला डिसिल्भा तथा रुसैफको पहिलो कार्यकालमा अर्थ मन्त्रीको रुपमा पनि  काम  गरेका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK