
- अर्थ सरोकार डटकम
सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा बृजपार्क निर्माण कार्य सुरु भएको छ ।सैँतिसौँ पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले आज सो पार्कको शिलान्यास गरेका हुन् । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई केही समय विश्राम गर्न र पुलसम्बन्धी अवलोकन गर्नुका साथै विभिन्न सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रमसमेत सञ्ंचालन गर्न सहज होस् भन्ने उद्देश्यले बृज पार्कको निर्माण गर्न लागिएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले जानकारी दिए ।
नेपाल पर्यटन बोर्ड पोखरा, जिविस पर्वत र कुश्मा नगरपालिकाको सहयोग तथा पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा बृज पार्कको निर्माणकार्य अघि बढाइएको हो । उक्त पार्कभित्र विभिन्न मनोरम दृश्य, बस्नका लागि कटेज, कार्यक्रम गर्नका लागि हल, शौचालय तथा मनोरञ्जनात्मक दृष्यहरु निर्माण गरिने छ । ऊर्जाखोलाका रुपमा परिचित मोदीखोला र पुलसँगै हेर्न र दृष्य लिन मिल्नेगरी डिलमा रेलिङसमेत निर्माण गरिने भएको छ ।
उक्त पार्क निर्माणका लागि २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । पर्यटन बोर्डले पहिलो चरणमा तीन लाख उपलब्ध गराएको छ । एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य अघि बढाइएको हो । यस्तै जिल्लाको अर्को अग्लो पुल बडागाउँ–मुडिकुवा पुलको निर्माण कार्य करिब ८० प्रतिशत पूरा भएको छ । अग्ला पुलबाहेक निजी क्षेत्रबाट निर्माण भएको कुश्मा–बलेवा यान्त्रिक पुल, प्रसिद्ध गुप्तेश्वर गुफा, अलपेश्वर गुफा, मोदीवेणी, हम्पाल, पञ्चासे, डहरे, गोर्लाङको लेक, शालिग्राम शिला, कालीगण्डकीमा जलयात्रा जस्ता स्थान जिल्लामा मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्