
काठमाडौँ – जिल्ला वन कार्यालय धादिङले रेडियो धादिङ १ सय ६ मेगाहर्जको भवन भत्काइदिएको छ । कार्यालय भवन भएको स्थान सरकारी भएको भन्दै बिहान ४ बजे जिल्ला वन कार्यालयले भवन भत्काएको रेडियोले जनाएको छ । रेडियोका सामान झिक्न नदिइकन भवन भत्काइएको रेडियोका स्टेशन म्यानेजर राजाराम शर्माले दुखेसो पोखे ।
रेडियोमा रहेका कर्मचारीमाथि दुव्र्यवहार समेत भएको उनले बताए । सरकारी जग्गामा भवन बनाएकाले भत्काएको जिल्ला वन कार्यालयले जनाएको छ । तर रेडियोले भने भूकम्पले भवनमा क्षति पुगेपछि वन कार्यालय लगायत सरकारी निकायकै अनुमतिमा भवन बनाएको दाबी गरेको छ । यस्तै वन कार्यालयले सरकारी जग्गामा बनाइएको महिला सुरक्षा घर पनि भत्काइदिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्