Skip to content
LAXMI SUNRISE BANK

प्रतिकिलोमिटर ६ रुपैंया भाडादर कायम

अर्थ सरोकार

अर्थ सरोकार संबाददाता
असोज ५ । पाँचथर जिल्लामा सडकको नयाँ भाडादर निर्धारण गरिएको छ । निर्धारित भाडादर यातायात व्यवस्था विभागमा सिफारिसका लागि पठाइएको छ । 
प्रमुख जिल्ला अधिकारी किरण थापाको संयोजकत्वमा रहेको यातायात व्यवस्था समितिले नयाँ भाडादर कायम गर्न जिल्ला विकास समितिका इन्जिनियर प्रेमबहादुर काफ्लेको संयोजकत्वमा भाडादर निर्धारण समिति गठन गरेको थियो । समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, जिल्ला यान्त्रिक कार्यालय र यातायात व्यवसायी सङ्घका प्रतिनिधि रहेका थिए । 
यातायात व्यवस्था समितिका अनुसार सवारी साधनले प्रतिकिलोमिटर रु ६, वर्षायाम बाहेकको समयमा सवारी सञ्चालन हुने माटे सडकमा प्रतिकिलोमिटर रु १२, सदरमुकामबाट कालोपत्रे सडकमा सवारी जिप सञ्चालन गर्दा प्रतिकिलोमिटर रु तीन तथा कालेपत्रे सडकमा भ्यान सञ्चालन गर्दा प्रतिकिलोमिटर रु ५  गरी चार प्रकारको भाडादर निर्धारण गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK