
चितवनको दारेचोकको घोप्टेभीरमा कार दुर्घटनामा परि बेपत्ता भएका पूर्व मुख्यसचिव तथा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सहित तीन जना अझै बेपत्ता भएका छन। आइतबार दिउँसो ५ बजे चितवनको कुरिनटार नजिकै दारेचोक गाविस(३ घोप्टे भीरबाट त्रिशुली नदीमा खसेको स्कोर्पियो गाडी राति साढे १ बजेसम्म खोज्दा पनि बेपत्ता मानिस र गाडीको अवस्था थाहा हुन सकेको स्रोतले जनाएको छ ।
पूर्वमन्त्री घिमिरे सहित उनका भाई मोहन घिमिरे र प्रकाश घिमिरे बेपत्ता भएका हो । पानीको वेग कडा भएकोले पनि खोजि कार्यमा कठिनाई भएको छ। सोमबार बिहानैबाट २ वटा र्याफ्टिङको टोलीलाई गाडी तथा बेपत्ताहरूको खोजीका लागि पठाइएको चितवनका एसपी बसन्त कुँवरले जानकारी दिएका छन्। गाडी खसेको भनेको स्थानमा नभेटिएकाले गाडी बगाएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। उनका अनुसार खोजीकार्य अहिले मुग्लिन वरपरको क्षेत्रमा खोजीकार्य भइरहेको छ।
राति सशस्त्र प्रहरीको लाइट प्रयोग गरेर राति साढे १ बजेसम्म खोजिएको थियो। गाडी त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा घिमिरेकी आमा ८० वर्षकी चैतन्यकुमारी घिमिरे, सुरक्षाकर्मी सशस्त्र सई रामचन्द्र कार्की र नारायणप्रसाद काफ्ले रहेका छन्। गाडीका चालक विष्णु राईको पुरानो मेडिकल कलेजमा उपचार गराइरहेको र उनलाई कसैसँग भेट्न दिइएको छैन।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्