
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचार छानविन रोकिने भएको छ । प्रधानमन्त्री दाहाल भारत भ्रमणमा भएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानविन गर्ने उद्घोष गरेको थियो ।
तर प्रधानमन्त्री दाहाल फर्केपछि छानविन प्रक्रिया रोकिएको छ । भारतबाट फर्के लगतै प्रधानमन्त्री दाहालले अख्यिार प्रमुख लोकमान सिंह कार्कीलाई बालुवाटार बोलाएर छानविन प्रक्रिया रोक्न आग्रह गरेका थिए । मैले लोकमानजीलाई शिविर भ्रष्टाचारको छानविन रोक्न निर्देशन दिइसकेको छु, यो प्रक्रिया अब अघि बढ्दैन, माओवादी हेडक्वाटरको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले भने लोकमानजी एमालेको उक्साहटमा लागेर छानविन प्रक्रिया अघि थाल्न लागेका रहेछन् त्यो मैले रोकि सकेँ ।
माओवादी केन्द्रका नेता हरिवोल गजुरेलका अनुसार प्रधानमन्त्रीले छानविन प्रक्रिया रोकिएको जानकारी बैठकलाई गराएका थिए । प्रधानमन्त्रीको आग्रहपछि अख्यियारले माओवादीका कुनैपनि नेतालाई बयानका लागि पत्र पठाएको छैन । तर अख्तियार प्रमुख लोकमान सिंह कार्की भने क्यानडातिर लागेका छन् ।
अख्तियारले माओवादी लडाकुका पूर्व सर्र्वाेच्च कमाण्डर दाहाल, पूर्व कमाण्डरहरु नन्द किशोर पुन, जनार्दन शर्मा, बर्षमान पुन र नेता तथा वर्तमान अर्थमन्त्री कृष्णबहादुर महरालाई बयानमा तान्ने आशंका गरिएको थियो । तर प्रधानमन्त्री दाहालले छानविन प्रक्रिया रोकेका छन् । माओवादी लडाकुको शिविरमा चार अर्ब भ्रष्टाचार भएको दावी सहित तीन बर्षअघि एमाले युवा संघ नेपालले उजुरी दिएको थियो ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्