
बैतडी – भारत जान लागेका पाँच बालकसहित २१ जनालाई प्रहरीले आज बैतडीबाट उद्घार गरिएकोे छ । उद्धार हुनेमा पाँचजना बैतडीका र १६ जना बझाङका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार, बैतडी ग्वाल्लेक– २ का १२ वर्षीय रमेश धामी, १४ वर्षीय दिनेश भट्ट, १५ वर्षीय विनोद धामी तथा शिवलिङ– ३ का लक्ष्मण सिंह बोहरा र १६ वर्षीय प्र्रकाशराज अवस्थीको उद्घार गरिएको हो ।
प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार, उद्घार गरिनेमा बझाङ वानचोर– ३ का १५ वर्षीय गोविन्द धामी, १६ वर्षीय राजु धामी, १७ वर्षीय अनिल धामी, १७ वर्षीय जीवन धामी, १७ वर्षीय अङ्ग धामी, १८ वर्षीय दिनेस धामी र १७ वर्षीय राजु धामी रहेका छन् ।
त्यस्तै, बझाङ बाज– ९ का १७ वर्षीय जनक बोहरा, १७ वर्षीय धनबहादुर बोहरा, १८ वर्षीय दलबहादुर बोहरा, १८ वर्षीय रामबहादुर बोहरा, १७ वर्षीय दमनबहादुर बोहरा, १७ वर्षीय हिक्मत बोहरा, १७ वर्षीय बलदेव बोहरा, १७ वर्षीय जनक धामी र १८ वर्षीय नरदिप बोहराको पनि उद्घार गरिएको प्रहरी नायब उपरीक्षक राणाले बताउनुभयो ।
उद्घार गरिएकामध्ये बैतडी ग्वाल्लेकका रमेश धामी, दिनेश भट्ट र विनोद धामीलाई आफन्तको जिम्मा लगाइसकेको र बाँकी अन्यलाई पनि उनीहरुको घरपरिवारमा सम्पर्क गरी जिम्मा लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो । प्रहरीले आज बैतडी सदरमुकाम गोठलापानीमा रहेको बसपार्क र बजारक्षेत्रबाट उनीहरुलाई उद्घार गरेको हो । शङ्का लागेर सोधपुछ गर्दा भागेर भारततर्फ जान लागेको अवस्थामा प्रहरीले उनीहरुलाई उद्घार गरिएको जनाएको छ ।
यसअघि पनि प्रहरीले असोज ३ गते बैतडीको सीमा नाका झुलाघाट भएर भारत जान लागेका अवस्थामा दुई बालकसहित तीन जनाको उद्घार गरेको थियो । पछिल्लो समय बैतडीमा विद्यालय छोडेर भारत जानेको सङ्ख्या बढ्दै गएको छ ।
- एसियन समाचार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्