×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले दियो घुमाउरो भाषामा नमीठो चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चीनले दियो घुमाउरो भाषामा नमीठो चेतावनी

Artha Sarokar

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार संवाददाता 
असोज ५ । नेपालका प्रधानमन्त्रीको बेढंगे व्यवहारका कारण एक चाइना पत्रिकाले ‘नेपाल रिक्स मिसिङ चान्स वीथ चाइना’ शीर्षकमा प्रचण्डले चीनलाई धोका दिएको जानकारी दिएको छ । अघिल्लो सरकारमा रहेका केपी ओली सरकारका पालामा चीनका राष्ट्रपति आउने कुरा भएता पनि प्रचण्ड प्रधानमन्त्री भए लगत्तै राष्ट्रपति नआउने कुराले पनि चीन रिसाएको हो भन्ने कुरा उल्लेख गरेको छ । 
पहिलो चोटी प्रधानमन्त्री बन्दा पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमण चीनबाट थालेर जुन परम्परा थालेका थिए त्यसको आठ बर्षपछि त्यसलाई उसले निरन्तरता दिन सकेनन् ।  
नेपालमा उनले आफ्नो भारत भ्रमण ऐतिहासिक रुपमा सफल भनेर आफ्नो हेडक्वाटरलाई रिपोर्टिङ गरिरेहका छन् भने यसै समयमा चीनले भने विज्ञमार्फत यो यात्राप्रति व्यंग्य प्रहार गरेको छ । प्रधानमन्त्री दाहालले भारतको बैठकमा सबैजसो भारतिय नेताले आफ्नो उच्च प्रशंशा गरको साथै दक्षिण एसियाली क्षेत्रमा भरपर्दो नेता तपार्इनै हो भन्दै हौसला बढाएको बताएका छन् ।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललले भारतीय नेताहरुले तपाई जे भन्नुहुन्छ हामी त्यही अनुसार गर्न तयार छौ भन्ने बचन दिएको जानकारी दिएका छन् । त्यसैले उनले यो यात्रा सोचेको भन्दा बढी सफल भएको र भारतसंगको तिक्तता समाप्त भएको दाबी गरेका छन् । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी