×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ कम्पनीले पायो नेपालको महत्वपूर्ण जलविद्युत आयोजना निर्माण गर्ने जिम्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चिनियाँ कम्पनीले पायो नेपालको महत्वपूर्ण जलविद्युत आयोजना निर्माण गर्ने जिम्मा

Artha Sarokar

३ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पाँचथर – काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ ।
पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने कावेली नदीमा निर्माण गरिने ३७.६ मेगावाट क्षमताको सो आयोजना निर्माणको जिम्मा झिझ्याङ, टिडब्लु र सीडब्लू नामक चिनियाँ कम्पनीले पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रालिले निर्माणको काम सुरु गरेपनि विवादका कारण अघि बढाउन सकेको थिएन । दसैँ लगत्तै चिनियाँ कम्पनीले निर्माण कार्य अघि बढाउनेछन् । आयोजना प्रमुख श्रेष्ठकाअनुसार काबेलीमा बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिङ्गापुरको इन्फ्रा कम्पनीको ४४ प्रतिशत सेयर लगानी छ ।
कुल १० अर्ब लाग्ने अनुमान गरिएको आयोजनामा पूर्वाधार निर्माणका काम सकिएकाले अब चाँडै नै हाइड्रो मेकानिकल तर्फको काम सुरु हुनेछ । यसअघि कम्पनीले स्थानीयवासीसँगको सम्झौता विपरीत काम गरेको भन्दै स्थानीयवासीले आयोजना निर्माणमा अवरोध गर्दै आएका थिए ।
हाल आयोजनामा पूर्वाधार विकासतर्फको काम भइरहेको र आयोजना प्रभावित क्षेत्र पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङेल्याङ गाविसमा सडक निर्माणको काम पनि अन्तिमचरणमा पुगेको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी