काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइको कार्यकाल सकिएको छ ।
तत्कालिन केपी शर्मा ओली सरकारको पालमा नेपाल–चीनबीचको ऐतिहासीक सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेका चुन्ताइ सफल राजदूत बनेर फर्कन लागेका हुन् ।
चुन्ताइ कार्यकाल सकेर स्वदेश फर्कन लाग्दा चीनले नेपालका लागि नयाँ राजदूत पठाउने तयारी गरेको छ । दूतावास स्रोतका अनुसार नयाँ राजदूतमा यू होङको नाम प्रस्ताव गरिएको छ ।
होङलाई कात्तिकमा नेपाल पठाउने तयारी भइरहेको छ ।
तत्कालिन राजदूत याङ होउलानको निर्धारित तीन वर्षको कार्यकाल समाप्त हुनुअगावै फिर्ता बोलाएर चीनले चुन्ताइलाई राजदूत बनाएर नेपाल पठाएको थियो ।