
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टरी पढेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी ले पक्राउ गरेर ठगी मुद्दा चलाएका वीरगन्जका आठ चिकित्सकलाई पर्सा जिल्ला अदालतले सफाइ दिएको छ ।
पर्सा जिल्ला अदालतले ठगी मुद्दा चलाइएका चिकित्सकलाई बुधबार सफाइ दिएको हो । पर्सा जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको इजलासले वादीको माग दाबी ठहर नभएको भन्दै आठै जना चिकित्सकलाई सफाइ दिइएको अदालतका श्रेस्तेदार ठाकुरप्रसाद खरेलले जानकारी दिएको हो ।
ठगिने व्यक्ति को हो भन्ने नखुलेको, किर्ते पुष्टी गर्ने आधार पनि नभएको ठगीको परिभाषा भित्र पनि नपरेको ठहर अदालतले गरेको छ, श्रेस्तेदार खरेलले भने, ‘अदालतले ठगी गरेको प्रमाण फेला नपारेपछि सफाइ दिएको हो ।’
उनले अदालतको फैसला पछि आठै जना चिकित्सक बुधबार नै धरौटी बापत आफूले जम्मा गरेको रकम बुझेर घर फर्किएका छन् ।
चिकित्सकमाथि दायर गरिएको ठगी मुद्दामा पर्सा जिल्ला अदालतले शैक्षिक प्रमाणपत्र पुनःप्रमाणीकरण गर्न सिआइबी, उच्च मावि शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिललाई दुई पटक पत्रचार गरेर बोलाएको थियो । तर, सिआइबी समेतको तीन वटै टोली अदालतमा पुनः प्रमाणीकरणका लागि नआएपछि पर्सा जिल्ला अदालतले कसुर प्रमाणित हुने आधार नभएको भन्दै आठै डाक्टरलाई बुधबार सफाइ दिएको छ।
सिआइबीको टोलीले असार ३ गते वीरगन्जको नारायणी नेशनल मेडिकल कलेज र निजी क्लिीनमा छापा मारेर डा कुशराज गिरी, डा सरोज सिंह, डा पन्नालाल पटेल, डा दिनेशकुमार साह तेली, डा निमेशपाल रमण, डा रामकुमार प्रधान, डा इर्शादुल हक र डा मोहम्मद रहुल्लाहलाई पक्रेर काठमाडौं लगेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्