×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३२ वर्षसम्म अनुमतिबिना सन्चालित कोकाकोला कम्पनी

PRIME CA

३२ वर्षसम्म अनुमतिबिना सन्चालित कोकाकोला कम्पनी

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

अर्थ सरोकार सम्बाददाता
काठमाण्डु – नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले बुधबार गरेको अनुगमनमा बालाजु औद्योगिक क्षेत्र स्थित बोटलर्स नेपाल (कोकाकोला) कम्पनीले ३२ वर्षसम्म अनुमतिपत्रबिना कम्पनी सञ्चालन रहेको खुलासा भएको छ ।
कानुन बमोजिम कोकाकोला कम्पनीलाई चार हजार जरिवाना लगाइएको छ ।
अनुमतिपत्र नलिई धेरै कम्पनीहरु सञ्चालनमा रहेका उजुरी आएपछि अनुगमन कार्य अगाडी बढाइएको कार्यालयका प्रमुख शशिभूषण यादवले जानकारी दिए ।
‘कोकाकोला जस्तो बहुप्रतिष्ठित कम्पनीले लामो समयदेखि अनुमतिपत्र नलिई सञ्चालन गरिरहेको छ भने अरुको हालत के होला ?,’ यादवले भने । 
औद्योगिक क्षेत्रभित्रै सञ्चालन भएका बालाजु दाल मिल, मोर्डन चप्पल इन्डट्रिज, कर्माचार्य प्लास्टिक उद्योग समेत गरि तीनवटै कम्पनीले अनुमतिपत्र बिना सञ्चालनमा रहेको पाइयो । 
साथै ति कम्पनीले ढक तराजु जाँच नगरेको फेला परेकाले ढक तराजु जफत गरि संचालकलाई तीनदिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: