
करिब दुई दर्जन आकाङ्क्षीलाई मनाउँदै नेपाली काङ्ग्रेसले गठबन्धन सरकारमा पार्टीका तर्फबाट राज्यमन्त्रीको सर्टलिस्ट तयार पारेको छ । सभापति शेरबहादुर देउवा निकट नेताहरुका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसँग निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा सानो आकारको मन्त्रीमण्डल बनाउने सहमति काङ्ग्रेस नेतृत्वले दुई पक्षिय सहमति भएको थियो।
प्रधानमन्त्री दाहालले राज्यमन्त्रीमा आफ्नो पार्टीबाट ८ जना मन्त्री भएकोमा ४ जना मात्रै बनाएकाले काङ्ग्रेसका १५ जना मन्त्री बनेकाले ७ जनाको नाम सिफारिस गर्न सभापति देउवालाई आग्रह गरेका थिए । तर देउवाले आकाङ्क्षी धेरै भएकाले त्यतिमा मात्रै पार्टीमा मिलाउन नसकिने भन्दै १० जना भन्दा बढी नपठाउने बताएको स्रोतले बतायो । सकभर सात जनामा नै सीमित गर्ने तयारी देउवाले गरेका छन । देउवा निकट नेता ज्ञानेन्द्रबहादुर कार्कीले अर्को हप्ताको सुरुवातमा नै पार्टीले राज्यमन्त्रीको नाम सिफारिस गर्ने जानकारी दिए । तर, कसुकसलाई पठाउने भन्नेबारेमा आन्तरिक छलफल भईनसकेको उनको भनाइ छ ।
सभापति देउवाले पहिलो चरणमा ७ जना राज्यमन्त्री पठाउने गरी पार्टीभित्र आन्तरिक भागवण्डा गरेका थिए । नेता रामचन्द्र पौडेल पक्षलाई दुई, नेता कृष्ण सिटौला पक्षलाई एक र खुमबहादुर खड्कालाई समेत मिलाएर आफूले ४ जना सिफारिस गर्ने उनको तयारी थियो । तर नेताहरुबाट आएका सुझावलाई मनन गर्दा ७ जनामा नै सीमित गर्न नसकिने निष्कर्षमा उनको सचिवालय पुगेको निकटस्थ नेताहरु बताउँछन् ।
स्रोतका अनुसार देउवा पक्षबाट अब्दुल रज्जाक, ध्यानगोविन्द रञ्जित, दीर्घराज भाट र दिलिप गच्छदार राज्यमन्त्री बन्ने पक्का जस्तै छ । पार्टीको रुपन्देही जिल्ला सभापति रज्जाक नेता बालकृण्ण खाण निकट मानिन्छन् । खुमबहादुर खड्काको चित्त बुझाउन सूवर्ण ज्वारचनलाई पनि सिफारिस गर्ने सम्भावना बलियो रहेको निकटस्थ स्रोतहरु बताउँछन् ।
देउवाले आफ्नो तर्फबाट अब्दुल रज्जाक, दीर्घराज भाट, दिलिप गच्छदार, सुवर्ण ज्वारचन, ध्यानगोविन्द रञ्जित, सीता गुरुङ र सुजाता परियारको नाम सर्टलिस्टिङ गरेका छन् । त्यस्तै सिटौलाले आफ्नो तर्फबाट भीमसेनदास प्रधानलाई राज्यमन्त्री बन्न प्रस्ताव गरेकोमा अस्वीकार गरेपछि तारामान गुरुङ र सुधिर सिवाकोटीमध्ये एकजनालाई पठाउने गरी आन्तरिक छलफल गरिरहेको उनी निकट स्रोतले बतायो । यता पौडेल पक्षले भने सुरेन्द्र आचार्य, सञ्जय गौतम, महिलामा सरिता प्रसाईं र किरण यादवको नाम सर्टलिस्टिङ गरेको बोहोराटार स्रोतले बतायो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्