×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकमा शुल्क बुझाएपछि मात्र महिला संघको उम्मेद्धार !

LAXMI SUNRISE BANK

बैंकमा शुल्क बुझाएपछि मात्र महिला संघको उम्मेद्धार !

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – नेपाली कांग्रेस महिला संघको महाधिबेशनमा उम्मेद्धार बन्न पहिला बैंकमा उम्मेद्धार शुल्क बनाउनु पर्ने भएको छ । रजिष्ट्रशन र उम्मेद्धारी शुल्क सेन्चुरी बैंकमा बुझाएपछि मात्र उम्मेद्धार र प्रतिनिधी बन्न पाइने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीका अनुसार महिला संघका प्रतिनिधिले रजिष्ट्रशन शुल्क बापत एक हजार रकम बुझाउनु पर्ने भएको छ । 
त्यसैगरी उम्मेद्धारले पनि बैंक मार्फत उम्मेद्धारी शुल्क बुझाउनु पर्ने भएको छ । बैंकका भौचर नभएसम्म महिला संघका प्रतिनिधिहरुले न त मतदान गर्न पाउने छन् भने उम्मेद्धार नै बन्न सक्नेछन् । महिला संघको महाधिबेशनमा २ हजार २ सय भन्दा बढि प्रतिनिधिहरु छन् । वर्तमान कार्यसमितिले नयाँ कार्यसमितिलाई बुझबुझारत गर्दा पनि बैंक मार्फत नै गर्न कांग्रेसले निर्देशन दिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी