
काठमाडौँ – नेकपा मालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा राष्ट्रहितविपरीत काम गरेको आरोप लगाएको छ ।
मालेको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी २५ बुँदे संयुक्त विज्ञप्ति मुलुककहो हितमा नभएको निस्कर्ष निकाल्दै त्यसको निन्दा गरेको छ ।
उक्त विज्ञप्तिमा समावेश गरिएका विषयले नेपालको स्वतन्त्रता र सार्वभौम सत्तामाथि गम्भीर आघात पुगेको मालेको भनाइ छ ।
‘संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायका सम्बन्धमा भारतसँग समान दृष्टिकोण अपनाउने र भारतलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यमा समर्थन गर्ने जस्तो प्रावधान संयुक्त विज्ञप्तिमा रहनुले नेपाललाई राष्ट्रिय हितविपरितको परराष्ट्र नीति अपनाउनतर्फ घचेट्ने दुष्प्रयास भएको छ’, बैठकपछि माले महासचिव सिपी मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा मैनालीले प्रचण्डमार्फत नेपालको संविधानमा आफ्नो मागलाई भारतले जायज ठहर गराएको संगीन आरोप लगाएका छन् । प्रचण्डले नेपालको आन्तरिक मामलामा बाहृय शक्तिलाई प्रवेश गराउने र देशको भौगोलिक अखण्डतामाथि गम्भीर आँच पुर्या उने काम गरेको आरोप पनि मालेको छ ।
यस्तै भारतीय सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाहरुको संयुक्त अनुगमन तथा सुपरिवेक्षण गर्ने नाममा नेपालप्रतिको भारतीय हेपाहा नीति प्रचण्डले स्वीकारेको आरोप उसको छ ।
यसअघि एमाले अध्यक्ष केपी ओलीले समेत प्रधानमन्त्रीे प्रचण्डको भारत भ्रमण र त्यहाँ भएका सहमति र सम्झौतालाई सोही आशयको अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् ।
ओली सरकारमा उपप्रधान तथा महिला बालबालिकामन्त्री रहेका मैनाली सरकारबाट हटेपछि समेत करिब एमालेकै राजनीतिक लाइनमा छन् ।
- काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्