
नेकपा एमाले काभ्रे जिल्लाको अदिवेशन सकिएको एक वर्ष हुन लाग्दा पनि बैठक नबसेको भन्दै निर्वाचित ६३ जना जिल्ला कमिटि ३२ जनाले बैठकको माग गर्दै हस्ताक्षर सहिति माथिल्लो तहमा बुझाउने भएका छन् ।
केपी शर्मा ओली र माधव नेपाल खेमा बनाई दुई प्यानल अधिवेशनमा मैदानमा उत्रिएका थिए । यी दुई प्यानल मध्ये अध्यक्ष र अरू ६ सदस्य सहित सात जना नेपाल समूहबाट र अरू ओली प्यानलबाट निर्वाचित भएका थिए । अध्यक्षमा निर्वाचित भएका टोकबहादुर वाइबाले अधिवेशन सकिएको झण्डै दुई महिना पछि माघमा एउटा बैठक बोलाएका थिए । त्यस बैठकमा बहुमतको निणर्य आफु अनुकुन नभएको भन्दै अध्यक्ष प्यानलका नेताहरूले नमानेको एमाले स्रोतले बताएको छ ।
उक्त बैठकले कार्यविभाजनमा पनि पूर्णता नपाउँदै सकिएपछि माघ देखी दोस्रो बैठक बसेको छैन । आठ महिना सम्म बैठक नबसेपछि जिल्ला सचिवालय सदस्य शेखर लामाको नेतृत्वमा तत्काल बैठक बोलाउन दवाव दिने उद्देश्यले हस्ताक्षर गरिएको जानकारी दिए लामा सहित ३२ जनाले हस्ताक्षर गरेका छन् । एमालेको विधान अनुसार २५ प्रतिशत सदस्यले लिखित हस्ताक्षर गरी माग गरे बैठक बस्नुपर्ने व्यवस्था रहेको भएपनि एमाले काभ्रेमा भने ५० प्रतिशत भन्दा बढीले हस्ताक्षर गरेका छन् ।
माघमा बसेको बैठकमा नेपाल प्यानले भनेअनुकुलको निर्णय नभएपछि उक्त बैठकमा भएको कार्यविभाजनको निर्णय नेपाल पक्षले नेमानेको एक जिल्ला कमिटि सदस्यले बताए । उता नेपाल प्यानलमा काभ्रेमा पहिले देखी नै नेतृत्व गर्दै आएका जिल्ला सचिवालय सदस्य हरिशरण दाहालले आफुलाई कार्यविभाजनमा केही निर्णय भएको थाहा नभएको बताएका छन् । ओली समूहका एक नेताले भने— ‘के संगठन चलाउनु नसके अध्यक्षले राजीनामा दिए हुन्छ । पार्टीलाई ७ जनाले बन्धक बनाएर बसेका कारण जिल्लामा भएका महत्वपूर्ण घटनाक्रमहरूमा पनि बैठक बसी निर्णय गर्ने वातावरण बनेको छैन ।
बहुमतको निर्णय नस्विकार्ने कहाँको नियम हो । के पार्टी नेपाल प्यानलको पेवा हो रु हामी यसको विषयमा पार्टी केन्द्रले समेत जवाफ दिनुपर्छ ।’सकलित हस्ताक्षर हिजो गत हिजो बिहीबार दर्ता नं। १, २०७३ साल असोज ६ गतेको मितिमा जिल्ला पार्टी कार्यालय काभ्रेमा दर्ता भइसकेको छ भने उक्त हस्ताक्षरको बोधार्थ नेकपा एमाले केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्