×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेची-महाकाली साइकल यात्रामा केसी

LAXMI SUNRISE BANK

मेची-महाकाली साइकल यात्रामा केसी

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – नेपाली विविधता, शान्ति र एकता भन्ने नारासहित दाङ, घोराहीका रेशम केसीले मेची–महाकाली साइकल यात्रा शुरु गरेका छन् ।
३९ वर्षीय केसीले नेपालको पूर्वी सीमाना मेची पुलबाट २८ भदौदेखि मेची–महाकाली साइकल यात्रा सक्ने लक्ष लिएर शुक्रबार बिरगंज पुग्दैछन् । उनलाई दाङ्बाट एक कार्यक्रम गरी २६ भदौ विहान विदाइ गरिएको हो । साइकल यात्री केसीले आफ्नो यात्रा ९ असोजमा महाकालीमा पुगेर समापन हुने अनुमान गरेका छन् । ‘मेची नदीको पानी महाकालीमा मिसाएर राष्ट्रिय एकताको सन्देश दिन्छु,’ उनले भने, “यात्राका क्रममा पनि राष्ट्रिय एकता प्रवर्द्धन गर्नमै मेरो जोड हुनेछ ।
मेची र महाकालीको पानी सम्माननीय राष्ट्रपतिलाइ हस्तान्तरण गर्नेछन् । नेपालको राष्ट्रिय झण्डा र लायन्स क्लबको झण्डा लिएर यात्रा गरिरहेका छन् । कुनैपनि संघ सस्थाको सहयोग बिना भ्रमणमा निस्किएका केसीले यात्रामा लाग्ने सम्पूर्ण खर्च आफ्नो रहेको बताए ।

मेची महाकालीको यात्रा सफल बनेपछि पहिले जस्तै सामाजिक कार्यमा लाग्ने उनले जानकारी दिए । साइकल यात्राको क्रममा बिरगंज, नारायणघाट, बुटवल, लमही र नेपालगंजमा उनलाई स्वागत गरिने कार्यक्रम रहेको उनले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी