×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई विद्यालयका ढोकामा सिलिन्डर बम विस्फोट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दुई विद्यालयका ढोकामा सिलिन्डर बम विस्फोट

Artha Sarokar

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बौद्धमा रहेका आकाशद्वीप बोर्डिङ स्कुल र मनकामना उमाविमा सिलिन्डर बम विस्फोट भएको हो । सानो आकारको सिलिन्डरलाई बमका रुपमा प्रयोग गरिएको र विस्फोटका कारण कुनै मानवीय क्षति नभएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी बौद्ध क्षेत्रमै रहेको इस्टपोल एकेडेमी, एम्बेस्ड एकेडेमी, राई स्कुल र बालसंसार स्कुलमा शङ्कास्पद वस्तु भेटिएको थियो । ती वस्तु बम नभएको पुष्टि भएको छ । बम र शङ्कास्पद वस्तु राखिएका स्थानमा योंग कम्युनिस्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र लेखिएको पर्चा भेटिएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी