×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थाइल्यान्ड – नेपाल मैत्री दसैँ फेस्टिबल राजधानीमा हुने

LAXMI SUNRISE BANK

थाइल्यान्ड – नेपाल मैत्री दसैँ फेस्टिबल राजधानीमा हुने

१२ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सायाम लंचंग बैंककको आयोजनामा असोज १४ देखि १८ गतेसम्म यहाँ थाइल्यान्ड – नेपाल मैत्री दसैँ फेस्टिबल हुने भएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार त्यस फेस्टिबलमा थाइल्यान्डका ४० र बङ्गलादेशका ३० स्टलसहित कुल १५० भन्दा बढी व्यापारिक प्रतिष्ठानको निर्माण सामग्री, तयारी पोसाक, प्लास्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्यपदार्थ र छालाजन्य उत्पादन बिक्री–वितरण गरिनेछ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल अधिराज्यका लागि थाइल्यान्डका राजदूत भुटृी भुटिसान्तले यस मेलाबाट नेपाल र थाइल्यान्डबीचको मैत्री सम्बन्ध विकास गर्न सहयोग पुग्नुका साथै अल्पविकसित मुलुक नेपालले उत्पादन गर्न नसकेका उच्च गुणस्तरका सामान नेपाली गृहिणीसम्म पु¥याउन पाउँदा सन्तोष लागेको बताए ।
थाइल्यान्ड–नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजयकुमार मुडभरीले थाइल्यान्डमा नेपाली वस्तु निर्यात गर्न चाहने व्यवसायीलाई प्रोत्साहन गर्न पनि यो कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
नेपालका लागि थाई अधिराज्यको राजदूतावास, थाईल्यान्ड नेपाल चेम्बर अफ कमर्स तथा ललितपुर उद्योग वाणिज्य सङ्घको विशेष सहयोगमा सो मेला हुन लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी