×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंमा लोडसेडिङ घट्ने

LAXMI SUNRISE BANK

दशैंमा लोडसेडिङ घट्ने

८ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल विधुत प्राधिकरणले दशैंको समयमा लोडसेडिङ घटाउने भएको छ। सो समयमा दैनिक औषत २ देखि ३ घण्टामात्रै लोडसेडिङ गर्ने तयारीगरेको हो ।

दशैंको मुख्य दिनहरुमा औद्योगिक प्रतिष्ठानहरु बन्द हुने भएकाले बिजुली बचत हुन्छ । त्यसैकारण दशैंमा फुलपातिको दिनदेखि दशैं नसकिँदासम्म दिनको २ देखि ३ घण्टासम्म मात्रै लोडसेडिङ हुने प्राधिकरणका विद्युत भारप्रेशण विभाग प्रमुख बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘दशैंमा मुख्यतयाः घरायसी उपभोक्ताको लागि मात्रै बिजुली खपत गर्दा हुन्छ । व्यवसायिक औद्योगिक प्रतिष्ठान प्रायः बन्द हुने भएकाले खपत घटेर बिजुली बच्छ । त्यसैले लोडसेडिङ २ घण्टासम्म झार्न सकिन्छ’ श्रेष्ठले भने । उनले उत्पादन बढेकाले भारतबाट आयत भएका ५० मेगावाट बिजुली पनि अहिले नल्याइने बताए ।

माथिल्लो मर्स्याङ्दीबाट उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै बाल्न पाइने अवस्था छ । चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केवलकार समूहको प्रवर्द्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको भुलभुले गाविसमा पावर हाउस राखेर मर्स्याङ्दी नदीबाट बिजुली निकालेको हो ।

सो आयोजनाबाट उत्पादित विजुलीको उद्घाटन आगामी सोमबार उर्जामन्त्री जनार्दन शर्माले गर्दैछन् । दशैंमा फुलपातिका दिनदेखि प्रायः उद्योगधन्दा तथा कलकारखाना बन्द हुन्छन् ।

त्यसैकारण औद्योगिक क्षेत्रमा खपत हुने बिजुली घरायसी उपभोक्ताका लागि वितरण गर्दा लोडसेडिङ घट्ने छ । तर, कोजाग्रत पूर्णिमा पछि भने अलिेकै तालिकाअनुसार बिजुली कटौती हुनेछ ।

अहिले हप्ताको साढे ४६ घण्टा लोडसेडिङ हुनछ । एक दिन ६ घण्टा, एक दिन ७ घण्टा , तीन दिन साढे ६ घण्टा र दुई दिन आठ घण्टा लोडसेडिङ हुने गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी