×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिडिसीको जागिरमा अनियमितता, बाउले पास गराए छोराबुहारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डिडिसीको जागिरमा अनियमितता, बाउले पास गराए छोराबुहारी

Artha Sarokar

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दुग्ध विकास संस्थानले कर्मचारी स्थायी पदपूर्तिका लागि तीन वर्षअघि लिएको लिखित परीक्षाको नतिजा दुई साताअघि प्रकाशित  परिवारका सदस्यलाई जागिर ख्वाउने रणनीतिमा गरिएको छ । 
अझ अचम्मको कुरा त के छ भने लिखित परीक्षाको उत्तरपुस्तिका जसले जाँच्यो उसैका छोराबुहारी र सालोको नाम निस्किएको छ । नियमअनुसार आफ्ना परिवार परीक्षामा सहभागी भएमा कुनै पनि व्यक्ति परीक्षामा बस्न मिल्दैन ।
संस्थाले डेरी सहायक पदमा रिक्त १९ दरबन्दीमा विज्ञापन खुलाई ५ असार २०७० मा लिखित परीक्षा लिइएको थियो । त्यसको नतिजा दुई साताअघि १६ भदौमा प्रकाशित गरेको थियो । १९ जनाका लागि लिएको परीक्षामा सहभागी १ हजार ७३१ जनामध्ये ४३ जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको छ ।
तर, त्यसमा लिखित परीक्षाको कापी जाँच गर्ने जिम्मापाएका प्रशासन अधिकृत पोस्टबहादुर थापाले आफ्नै छोरा युवराज थापा बुहारी र साला रामहरि सिलवालको नाम अन्तर्वार्ताका लागि निकालिदिएका छन् । महाप्रबन्धक गंगा तिमल्सेनासँगको मिलोमतोमा नतिजा तयार गरेका थापाले संस्थानको तलब खाएर तिमल्सेनाको घरमा काम गर्ने मन्दिरा बुढाथोकी र तिमल्सेनाका भतिजा पर्ने कृष्णचन्द्र तिमिल्सिनालाई समेत लिखितमा उत्तीर्ण गराइदिएका छन् । 
त्यति मात्रै होइन, तिमिल्सिनाले छिमेकी सरिता महर्जन, सविता महर्जन, रजनी महर्जन र विक्रम महर्जनको पनि नाम निकाल्न लगाएका छन् । जनजाती कोटामा महर्जनको मात्रै नाम निकाल्न लगाएका तिमिल्सेनाले आर्थिक चलखेल गरेको कर्मचारीको आरोप छ । 
गोगंबु घर भएका प्रशासन अधिकृत थापा कांग्रेसनिकट कर्मचारी हुन् । तर, एमाले कोटामा नियुक्त भएका महाप्रबन्धक तिमिल्सेना अहिले थापानिकट भएका छन् । पार्टी फरक भए पनि दुई जना छिमेकी हुन् । हरेक काममा आर्थिक चलखेल गर्ने थापालाई पछिल्लो समय तिमिल्सिनाले दह्रो साथ दिएका छन् । 
उति बेला परीक्षा हुँदा लोकसेवाले कापी परीक्षण गर्ने बताए पनि प्रशासन अधिकृत थापाले सबै कापी आफ्नै घरमा लगि परीक्षण गरेको कर्मचारीको दाबी छ । उनीहरूले परीक्षामा आर्थिक चलखेल गरी व्यापक धाँधली भएको आरोप लगाएपछि त्यसलाई मत्थर पार्न थापा र तिमल्सेनाले आन्तरिक बढुवा प्रक्रिया सुरु गराएका छन्। 
उनीहरूले खुला र आन्तरिक बढुवाको नतिजासमेत सँगै प्रकाशित गर्ने तयारी गरेको बुझिएको छ । त्यसो त महाप्रबन्धक तिमिल्सेनामाथि अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिनमा परेका व्यक्ति हुन् । -जनप्रहार साप्ताहिकबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी