Skip to content
LAXMI SUNRISE BANK

काँगेस साँसद धनराज गुरुङले एमालेलाई ‘कुकुर पार्टी भनेपछि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बतदाता 

काठमाडौँ – राजनीतिमा प्रतिस्पर्धासँग कटाक्ष पनि खुबै चल्छ। एउटा दलका नेताले अर्कालाई होच्याउनु सामान्य हुन्छ नेपालमा। यसरी होच्याउँदा तथ्यभन्दा प्रधान भएर आउँछ तर्क र कुतर्क। प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका केपी शर्मा ओली यस्ता कटाक्षमा सबैभन्दा माहिर छन् नेपालको राजनीतिमा। तर, कहिलेकाही त्यस्तो कटाक्ष गर्ने काममा अरु नेता र सांसदहरुको पनि उपस्थिति देखिन्छ।

बिहीबार बिहान नेपाली कांग्रेसका सांसद धनराज गुरुङले प्रमुख प्रतिपक्षी नेकपा एमाले र त्यसको नेतृत्व गर्ने अध्यक्ष केपी ओलीको नामै नलिइकन कडै कटाक्ष गरे। सामाजिक सञ्जाल फेसबुकमा उनले नामै नलिइ एमालेलाई ‘कुकुर पार्टी’ लेखिदिए। कुकुरले मालिकलाई पनि भुक्ने र मासु पाउँदा पुच्छर हल्लाउन पनि नछाड्ने भन्दै उनले यसरी कटाक्ष गरेका छन् ।  
एक जना नेताले कांग्रेसलाई भैसी पार्टी भनेछन्। कांग्रेसलाई भैसी पार्टी भनेकोमा ती नेतालाई म धन्यवाद नै दिन चाहन्छु। किनकि भैसीले दूध त दिन्छ। तर कुकुरले दूध दिँदैन। उनीजस्तै त्यति तल ओर्लेर म उनको पार्टीलाई कुकुर पार्टी पनि भन्न चाहन्न। किनकि दुनियाँलाई थाहै छ ( कुकुरलाई मालिकले हान्यो भने कराउँछ। र, मालिकलाई नै भुक्छ। तर मालिकले एक टुक्रा मासु दियो भने पुच्छर हल्लाउँदै मालिकको आदेश पालना गर्छ। कुकुरले पुच्छर हल्लाएको नदेखेको सायद को होला ररु कुकुरले कहिलेकाहीँ मालिकलाई नै भुक्नु के आश्चर्य हुन्छ र त्यसैले म त्यति तल ओर्लेर कसैको पार्टीलाई कुकुर पार्टी, स्याल पार्टी, ब्वाँसो पार्टी भनेर गाली गर्न चाहन्न।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK