
- अर्थ सरोकार सम्बतदाता
काठमाडौँ – सिंहदरवार क्षेत्रमा विगविगी मच्याउँदै आएका भुस्याँहा कुकुरको बन्ध्याकरण गर्न सरकारले तीन करोड लगानी गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले कुकुरको बन्ध्याकरण गर्न तीन करोड रकम खर्च गर्ने योजना लागु गरेको छ ।
राजधानीका भूस्याहा कुकुरमा रेविजको संक्रमण बढन थालेपछि एक गैरसरकारी संस्थासँग मिलेर महानगरपालिकाले बन्ध्याकरण सुरु गरेको हो । गत बैशाखदेखि प्रत्येक साता कुकुर बन्ध्याकरण गरिरहेको महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार आगामी तीन वर्षभित्र उपत्यकाका २२ हजार भुस्याहा कुकुरको बन्ध्याकरण गर्ने योजना महानगरपालिकाले गरेको छ । ‘एउटा कुकुर बन्ध्याकरण गर्न ७ हजार खर्च लाग्छ,’ श्रेष्ठले भने ‘२२ हजार कुकुर बन्ध्याकरण गर्न तीन करोड लाग्ने अनुमान गरेका छौ ।’
महानगरपालिकाले भुस्याहा कुकुर समात्न गाडी प्रयोग गर्ने गरेको छ । समातिएका कुकुरलाई शिविर नै सञ्चालन गरी बन्ध्याकरण गर्ने गरेको छ । उपत्यकाको वसन्तपुरमा २०, सिंहदरबारभित्र ८० र टेकुमा १ सय ८० कुकुरको बन्ध्याकरण गरिएको श्रेष्ठले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्