
काठमाडौँ – सोलुखुम्बुमा रहेको सगरमाथा राष्ट्रिय निकुन्जमा इम्जा हिमतालको पानी शनिबारदेखि घटाइने भएको छ। हिमतालको पानीको सतह ३- ४ मिटरले कम गर्नका लागि आवश्यक संरचनाहरुको निर्माण पूरा भइसकेकाले पानी बाहिर फाल्न लागिएको हो।
परीक्षणको रुपमा नियन्त्रित रुपमा शनिबारदेखि १५ गतेसम्म पानीको निकास गर्न लागिएको जल तथा मौसम विज्ञान विभागले जनाएको हो। नियन्त्रित रुपमा पानीको निकास गर्ने काम एक हप्तासम्म नियमित रुपमा हुने भन्दै विभागले इम्जा खोला तथा दूधकोशी नदीका तल्लो तटीय क्षेत्र छुकुङ्गदेखि जुभिङ्ग सम्मका बासिन्दालाई थप सतर्कता अपनाउन समेत आग्रह गरेको छ।
हिमतालका कारण आसपासका क्षेत्रमा कुनै असर नपर्ने भएपनि नदीमा कुनै पनि समयमा पानीको बहाव बढ्नसक्ने सम्भावना भएकाले आसपासका बासिन्दाले थप सर्तकता र सावधानी अपनाउनुपर्ने विभागले जनाएको छ। अस्वाभाविक रुपमा नदीमा पानीको बहाव बढेमा तत्काल सुरक्षित ठाउँमा जान र विभागको आपत्कालिन कक्षको टोलफ्री नम्बर ११५५, जिल्ला तथा इलाका प्रशासन कार्यालयहरुमा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ।
विभागले परिक्षणका रुपमा एक हप्ता सम्म पानीको निकास खोल्ने र अवस्था अध्ययन गरी दोश्रो चरणमा थप पानी निकास गर्ने तयारी गरेको छ। नेपालका उच्च जोखिममा रहेका हिमतालमध्ये ईम्जा हिमताल दोश्रो जोखिमयुक्त ताल पनि हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्