
नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी फर्जी बिल बनाएर ४० लाख ठगेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका(१ निवासी ३३ वर्षीय गुणराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। विद्युत् महसुलको फर्जी बिल बनाएर उक्त रकम ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।
श्रेष्ठलाई प्रहरीले शनिबार अपराह्न पक्राउ गरे पनि आइतबार जिल्ला अदालत झापामा म्याद थप गरेपछि मात्र घटनाका बारेमा जानकारी गराएको छ। तीन आवमा नेपाल चिया विकास निगम लिमिटेड बिर्तामोडले विद्युत् प्राधिकरणमा बुझाउनु पर्ने महसुलबापतको रकममध्ये श्रेष्ठले प्राधिकरणलाई बुझाउनु पर्ने रकमभन्दा ३९ लाख ९१ हजार ५ सय ३४ बढीको फर्जी बिल बनाएर ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। निगमका प्रशासन प्रमुख लोकनाथ दङ्गालले श्रेष्ठले विद्युत् महसुलबापतको रकम ठगी गरेको भन्दै प्रहरी समक्ष उजुरी गरेको बताइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्