
- अर्थ सरोकार सम्बतदाता
पोखरा – पोखराको फेवातालमा आयोजित सरसफाईको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् ।राष्ट्रपति भण्डारीले पोखरा उपमहानगरपालिकाद्वारा हल्लनचोकमा आयोजित कार्यक्रममा फेवातालबाट जलकुम्भी झार निकालेर कार्यक्रमको शुभारम्भ गरेकी छन् ।
राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउँदै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले पोखरा र फेवातालको सरसफाइमा सुरक्षा निकाय, नागरिक समाज, राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न सङ्घसंस्थाको सक्रिय सहभागिता रहँदै आएको जानकारी गराएका थिए ।
राष्ट्रपति भण्डारीलाई नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जलकुम्झीका कारण कुरुप बन्दै गएको मुलुककै महत्वपूर्ण सम्पदा फेवातालको संरक्षणका लागि ध्यानाकर्षण गराएका थिए । पोखरा उपमहानगरपालिकाको पहलमा विभिन्न सङ्घसंस्थाको सहभागितामा प्रत्येक शुक्रबार फेवातालमा सरसफाइ कार्यक्रम गरिदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्