एजेन्सी– भारत–पाकिस्तानको सीमा क्षेत्र काश्मीरमा दुई देशका सुरक्षाकर्मीबीच गोलाबारी भएको छ ।
भारतीय मिडियाले पाकिस्तानले फायरिङ खोलेका कारण भारतले जवाफी कारबाही गरिरहेको जनाएका छन् । हाल पनि भीडन्त जारी छ ।
यसअघि बुधबार रातिसमेत सो क्षेत्रमा गोलाबारी भएको थियो । उरी हमलामा १८ भारतीय सैनिकको ज्यान गएपछि दुई देशबीच युद्धस्तरकै तयारी भइरहेको छ ।