
- अर्थ सरोकार सम्बाददाता
हुम्ला – राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले हिन्दूको चाडपर्वका लागि खाद्यान्न नभएकाले आपूर्तिमन्त्रीलाई दशैं -तिहारमा सर्वसाधारण जनता, कर्मचारी, व्यापारीलाई खाद्यान्न बिक्री–वितरण गर्नका लागि कोटाको चामल माग गर्ने निर्णय गरेको छ ।
हवाईजहाजबाट हप्तामा चार फ्लाइट आउने खाद्यान्न मात्र आएपछि नेपालगञ्ज तथा सुर्खेत विमानस्थलमा नै थन्किएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिका अध्यक्ष नैनसिंह रावतले दशैंका लागि आपूर्तिमन्त्रीसँग अनुरोध गरिसकेको जानकारी दिए । तत्काल तीन हजार क्विण्टल चामल आएपछि दशैं –तिहार मनाउन सजिलो हुने उनले प्रस्ट पारेका छन् ।
यस वर्ष असारदेखि कुनै पनि कर्मचारी, व्यापारी, जनताले खाद्यान्नसमेत नपाउँदा बजारमा २५ केजीको रू. चार हजार तिर्न बाध्य भएका स्थानीय बासिन्दाको गुनासो छ ।
दशैं –तिहारका लागि प्रजिअ डा. कृष्णबहादुर घिमिरेले अञ्चल, क्षेत्र, विभाग, मन्त्रालयमा दशैं –तिहारका लागि सर्वसाधारण जनतालाई खाद्यान्न बिक्री–वितरणका लागि पत्राचार गरी सकिएको बताउँदै गत वर्ष पनि दशैं –तिहारमा सबैलाई पाँचदेखि १० केजीसम्म वितरण भएको जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्