×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झापामा बन्यो दुई करोड लागत‘को फन पार्क’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

झापामा बन्यो दुई करोड लागत‘को फन पार्क’

Artha Sarokar

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा – पर्यटन प्रवद्र्धनलाई बढवा दिने उद्देश्यले झापाका चारजना युवाले रु दुई करोडको लगानीमा ‘द वल्र्ड फन पार्क’ निर्माण गरेका छन् ।
जिल्लाको शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वर धाम नजिकै उनीहरुले सो पार्क निर्माण गरेका हुन् । पूर्वाञ्चलमा नै पहिलोपटक आधुनिक र सुविधासम्पन्न पार्कका रुपमा रहेको सो पार्कमा सुरज जोशी, सुरेन्द्र गुरागार्इं, समीर मोदी र राजनारायण साहको लगानी रहेको छ ।
एक लाख ८५ हजार वर्गफिटमा फैलिएको उक्त पार्कमा दुई वर्ष माथि उमेर समूहका जो कोहीले भरपुर मनोरञ्जन लिन सकिने छ । भारतका सिक्किम, दार्जिलिङ, मिरिक, सिलगढी लगायतका पर्यटकलाई लक्षित गर्दै सो पार्क सञ्चालनमा ल्याइएको हो ।
पच्चीस वर्षका लागि जग्गा लिजमा लिएर पार्क निर्माण गरिएको र पार्कमा २० जनाले रोजगारी पाएको पार्क निर्माण समितिका अध्यक्ष जोशीले बताउनुभयो । एसी र डिलक्स भिआइपी लजको समेत व्यवस्था गरेर सञ्चालनमा ल्याएको सो पार्क निर्माणसँगै पूर्वाञ्चलवासी उत्साहित बनेका छन् ।
पार्कमा वनभोजस्थल समेत रहेको छ । विद्यालय पोसाकमा विद्यार्थीलाई प्रवेश निषेध गरिएको छ । वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पार्क सञ्चालनमा ल्याइको बताइएको छ । पार्कमा वाटरबल बोटिङ, सुमो स्विट, पेन्ट बल, एटिभीबाहेक रेन्ड डान्स, बाटर जर्ब, बडी जर्ब मोनोक्रोम रेस्टुरेन्ट, किड्स जोनको सुविधा छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी