×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाखौं नेपालीहरुलाई थाहा नभएको गगन थापाको यो कदम !

LAXMI SUNRISE BANK

लाखौं नेपालीहरुलाई थाहा नभएको गगन थापाको यो कदम !

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाली कांग्रेसको तर्फबाट स्वास्थ्यमन्त्रीमा प्रतिनिधित्व गरिरहेका युवा नेता गगन थापाले मन्त्री क्वाटर प्रयोग गरेका छैनन् । उनीसँगै मन्त्री भएकाहरु हतार–हतार मन्त्री क्वाटरमा सरिरहँदा उनी भने रातोपुलस्थि आफ्नै घरमा झण्डाउत्तोलन गरिरहेका थिए ।
नेपाली राजनीतिक रंगमञ्चमा सर्वाधिक लोकप्रियता समेत कमाएका युवा नेता थापा मन्त्री क्वार्टरमै नबस्नुको भित्री कुरा बाहिर नआएपनि उनले त्यसमा सादगीपन देखाएकोचाहि प्रस्टै बुझ्न सकिन्छ । सरकारमा जानासाथ अन्य मन्त्रीहरु जसरी उनले मन्त्री क्वार्टर जान कुनै महत्वाकांक्षा नै देखाएनन् ।
सायद, राजधानीमा उनको आफ्नै नीजि घर भएर पनि उनले मन्त्री क्वाटर प्रयोग नगरेका हुन सक्छन्, तर राजधानीमा एक–दुईवटा महल हुनेहरु पनि मन्त्री क्वाटरमा रहेर राज्य चलाएको पनि देखिदैछ र इतिहासमा त्यो उदाहरण पनि जगजाहेर छ ।
उनी निकट श्रोतका अनुसार आफ्नो व्यवहारिक र व्यक्तिगत महत्वांक्षाबाट समेत टाढा राखेर उनी अहिले रातोपुलस्थित आफ्नै घरमा बसेर स्वास्थ्य मन्त्रालय र राज्यका विभिन्न कार्यक्रममा सहभागी भैरहेका छन् । मन्त्री थापाको यो कदम सराहनी रहेको धेरैको प्रतिक्रिया छ । गगनको यो कदमले यसअघि पुल्चोकस्थित मन्त्री क्वार्टर नपाएर रुवाबासी गर्ने मन्त्रीहरुलाई दर्हो झापड हानेको छ ।
मन्त्री थापाको यो कदममा सादगीपन यसकारण पनि देखिन्छ कि उनले मन्त्री भएलगत्तै आफ्नो घरमा झण्डोत्तलन गर्दागर्दै करोडौ नेपालीहरुको मन छुने स्टाटस् लेखेरै यसको पुष्टि गर्न खोजेका छन् । आफ्नो फेसबुक स्टाटस्मा उनले लेखेका छन्,
‘नेपालमा देखिने गरी परिवर्तन गर्ने मेरो इक्षा होइन मेरो हठ हो !  र यसलाई पुरा गर्ने प्रतिबद्धता नेपालको झण्डा मुनि हात जोडेर करोडौं नेपाली जनलाई मनमा राखेर पुनः दोहोर्याएको छु ।
आफ्नो मातृभूमिको यहि झण्डाको रक्षार्थ जनाआन्दोलनमा होमिएदेखि आजको दिन सम्म आइपुग्दा धेरै आरोह अवरोह पार गरेँ  लाखौ नेपालीको आस्था र विश्वास प्रतिनिधि यहि झण्डालाई आफ्नो घरमा फहराउदै गर्दा थप जिम्मेवारी बोध गरको छु र थप उर्जा प्राप्त गरेको छु । हाम्रो सम्बृद्ध नेपालको साझा सपनाको लागि निरन्तर प्रयास गर्ने ’।
उल्लेखित प्रसंगलाई आत्मसात गर्दै मन्त्री थापाबाट आगामी पुस्ताको नेतृत्व र नयाँ पीँढिले समेत उनको मार्गदर्शनलाई पछ्याउँदा राम्रो हुने बहसहरु उठान भइएका छन् र यो कदमलाई एउटा युवा नेताले देखाएको सबैभन्दा उत्कृष्ठ र उदाहरणीय कदम भन्दै धेरैले प्रतिक्रिया दिएका छ ।
  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी