
- अर्थ सरोकार सम्बतदाता
काठमाडौँ – नेपाली काँग्रेसका नेता स्वास्थ्य मन्त्री गगन थापा पेटमा असहज दुखाइ भएपछि उपचारका लागि अस्पताल पुगेका छन्। स्वास्थ्य मन्त्रालयको कार्यक्रममा सहभागि हुन नेपालगञ्ज गएका थापा फर्किदा पेटमा सामान्य दुखाइका साथ फर्किएका थिए। अमेरिका जान लागेका आमा बुबालाई विमानस्थल छोड्न जाँदा केहि असजिलो महसुस गरेका थापाले घर आएपछि समेत पेटमा हुने पीडा कम नभएपछि अस्पताल जाने बताएका थिए।
राती नै अस्पताल गएका थापा करिव दुई वजेसम्म काठमाडौंको एक अस्पतालमा स्वास्थ्य परिक्षण सकाएर चिकित्सकको सल्लाह अनुसार घरमा आएर आराम गरेका उनका स्वकिए सचिव शैलेस सिटौलाले जानकारी दिए। सम्भवत मन्त्री थापाले आजको मन्त्रीपरिषदको वैठकमा समेत सहभागिता जनाउने छैनन। अहिले विहान समेत उनी फलोअप चेकअपमा अस्पताल गएका छन्।
मन्त्री थापाको सम्मान तथा दशै शुभकामना आदान प्रदानका लागि सांसद भिमसेनदास प्रधान अध्यक्ष रहेको जीपी कोइराला कलेजको कार्यक्रममा स्वास्थ्यका कारण आफू आउन नसक्ने थापाले विहान जानकारी गराएका थिए।
अमेरिका जानु अघी मन्त्री थापाको आमाले समयमै खानपिनमा ध्यान दिन छोरालाई सल्लाह दिएकी थिइन। समयमा खानपिन गरे र समयमा सुत्न सके मात्र देशका नागरिकको पनि स्वास्थ्यमा काम गर्न सकिने भन्दै आमाले मन्त्री भएका थापालाई सुझाव दिएकी थिइन। खानपिनमा खासै वास्ता र ध्यान पुर्याउने नगरेकोमा थापासँग परिवारको गुनासो रहेको छ। दौडधुप र खटाइ पनि वढी भएका कारण पनि उनी अचानक विरामी भएको हुन सक्ने परिवारका सदस्यहरुको भनाइ छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्