
- अर्थ सरोकार सम्बतदाता
काठमाडौँ – सरकारले संसदीय समितिमा विचाराधि मनमोहन स्वास्थ्य प्रतिष्ठान विधेयक फिर्ता लिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई कारण प्रस्तुत गर्दै विधेयक फिर्ता लिने निर्णय लिएको हो। स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सा शिक्षा ऐन संसदमा पेश भएको र सरकारले चिकित्सा स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको सट्टा मनमोहन अधिकारीको नाम राख्ने भएकाले मनमोहन स्वास्थ्य प्रतिष्ठान विधेयक फिर्ता लिएको मन्त्री थापाले बताए।
वीर अस्पताल मनोमहन अधिकारकीको नामबाट सञ्चालन गर्नका लागि संसदमा नाम संशोधनको प्रस्ताव समेत लाने निर्णय मन्त्रिपिरषद्ले गरेको छ। ‘स्वर्गीय मनमोहन अधिकारीकको प्रतिष्ठानबाट अस्पताल चल्ने भएपछि मनमोहन स्वास्थ्य प्रतिष्ठान विधेयक फिर्ता गर्ने निर्णय सरकारले गरेको हो,’ मन्त्री थापाले भने। सरकारले फिर्ता गर्ने निर्णय गरेको विधेयक संसदको महिला बालबालिका तथा ज्यष्ठ नागरिक समितिमा विचाराधित अवस्थामा छ।
संसदको नियमावली अनुसार आफ्नो स्वास्थ बाझिने विषयमा बन्ने कानुनमा सहभागी नहुने जानकारी गराउनुपर्ने भएपनि त्यसमा मनमोहन स्वास्थ्य प्रतिष्ठान अन्तर्गत मेडिकल कलेज सञ्चालनमा लगानी भएका सांसद सुरेन्द्र पाण्डे, वंशिधर मिश्र लगायतका सांसद सहभागी भएको भएपछि पटक पटक विरोध हुँदै आएको थियो। चिकित्सा शास्त्र अध्ययन संस्था आइओएमले मेडिकल कलेज सञ्चालनका लागि स्वकृति नदिने भएपछि केपी ओली नेतृत्वको सरकारले रणनीतिक रुपमा सो विधेयक ल्याएको थियो। मेडिकल शिक्षाका विकृति सुधारका लागि पटक पटक अनसन बसेका डा गोविन्द केसीले पनि मनमोहन स्वास्थ्य प्रतिष्ठान विधेयकको विरोध गर्दै आएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्